Play

अमेरिकाको लङ्गआइल्यान्डमा नेपाली समुदायद्वारा नेपाली सेनाका उप-प्रमुख थापालाई स्वागत

गुरुकुल खबर


  • विश्वराज बाँस्तोला / न्युयोर्क (अमेरिका)

अमेरिकाको भ्रमणमा रहेका नेपाली सेनाका उप-प्रमुख लेफ्टिनेन्ट जनरल निर्मल कुमार थापाको सम्मानमा न्युयोर्कको लङ्गआइल्यान्डमा एक स्वागत कार्यक्रमको आयोजना गरियो। त्यहाँ रहेका नेपालीहरुको विभिन्न संस्थाको समन्वय समिति ‘नेपाली समुदाय समन्वय समिति’ अर्थात कोअर्डिनेसन कमिटि अफ नेपलिज कम्युनिटीले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै लेफ्टिनेन्ट जनरल थापाले हालै सिरियास्थित संयुक्त राष्ट्रसंघीय मिशनमा हेड अफ मिसन र फोर्स कमान्डरको रूपमा आंफुले जिम्मेवारी पूरा गरेको जानकारी दिए। उनले विदेशमा बस्ने नेपाली समुदायले नेपालको संकटका समयमा गरेको योगदानको प्रशंसा समेत गरे।

थापा संयुक्त राष्ट्रसंघमा आफ्नो कार्यसम्बन्धी प्रतिवेदन बुझाउन न्यूयोर्क पुगेको अवसरमा नेपाली समुदायसँग भेटघाट कार्यक्रम सहित स्वागत कार्यक्रम गरिएको हो।

कार्यक्रममा न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोगका सैनिक सल्लाहकार महासेनानी रोहित गुरुङको पनि उपस्थिति  थियो।

नेपाली समुदाय समन्वय समितिका अध्यक्ष बाबुराम शर्माले लेफ्टिनेन्ट जनरल थापा र महासेनानी गुरुङलाई त्यहाँ रहेका नेपाली समुदायको तर्फबाट खादा ओढाएर सम्मान गरेका थिए ।  कार्यक्रममा स्वागत मन्तव्य समितिका महासचिव तथा नेपाली सेनाका पूर्व मेजर शंकर भण्डारीले गरेका थिए।

त्यस अबसरमा स्थानीय नेपाली समुदायले गरेको काम साथै सामुदायिक एकता र योगदानको उच्च मूल्याङ्कन गर्दै  समितिका अध्यक्ष बाबुराम शर्मा र महासचिव शंकर भण्डारीलाई नेपाली सेनाका उप-प्रमुख निर्मल कुमार थापाले मायाको चिनो समेत हस्तान्तरण गरेका थिए।

कार्यक्रममा समाजसेवीहरू मोहन क्षेत्री, निर्मल थपलिया, बिशाल रेग्मी, विपिन भट्ट, पारस खरेल, सिरिन भट्ट, विकास खरेल, विरेन्द्र लामिछाने लगायत विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमले नेपाली सेनाको योगदान र नेपालप्रति समर्पणको महत्त्वलाई उजागर गर्दै प्रवासी नेपाली समुदायलाई थप प्रोत्साहन दिएको सहभागीहरुले अनुभव गरेको छन।

३० मंसिर २०८१, आईतवार १९:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा