पोखरा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल बिजयी भएका छन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट उनि निर्बाचित भएका हुन पौडेलले आफ्ना प्रतिद्वन्दी एकीकृत समाजबादी निकट प्रेस संगठनका गोबिन्द सुबेदीलाई ठुलो मतान्तरमा पराजित गरेका हुन् । रमेश प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार हुन् भने गोविन्द प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका उम्मेदवार हुन् । रमेशले ४०१ र गोविन्दले १७८ मत प्राप्त गरे ।
पदाधिकारीमा पनि प्रेस युनियन र प्रेस चौतारीका उम्मेदवारी निर्वाचित भएका छन् । प्रकाश पौडेल ४०२ मत ल्याउँदै उपाध्यक्ष विजयी भए । उनका प्रतिस्पर्धी यदुनाथ बन्जाराले १६४ मत पाए । उपाध्यक्ष (महिला) मा कमला खत्री केसीलाई पराजित गर्दै मायाकुमारी अधिकारी निर्वाचित भइन् । दीपक परियारलाई ११६ मतले पराजित गर्दै जमुनावर्षा शर्मा महासचिव निर्वाचित भइन् ।
समावेशी सचिवमा रोशनी गुरुङ, खुला सचिवमा भविश्वर पाण्डे र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भए । रोशनीले ४१८ र उनकी प्रतिस्पर्धीले १४५ पाए । खुला सचिव बनेका पाण्डेले ३७८ र ताराप्रसाद शर्माले १७१ मत प्राप्त गरे । कोषाध्यक्षमा रमेशले ३५२ र सागरराज तिमिल्सिनाले २०७ मत पाए । सदस्यमा पनि चौतारी—युनियनको प्यानल निर्वाचित भएका छन् ।
उमेद्वारहरुले प्राप्त गरेको मत परिणाम यस प्रकार छ ।
बागमती प्रदेशमा सारुमगर
यसैगरी नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा बिजयी कृष्ण सारु मगर सहित अन्यले प्राप्त गरेको मत विवरण यसप्रकार रहेको छ
लुम्बिनी प्रदेशमा शुक्रऋषि
नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा शुक्रऋषि चौलागाईंको प्यानल विजयी भएको छ । चाैलागाईंले ५९९ मत प्राप्त भने उनका प्रतिस्पर्धी रुद्र सुवेदी २९१ मत ल्याएका छन् ।
महिला उपाध्यक्ष मिना ढकाल निर्वाचन भएकी छन्। उनले ६२१ मत प्राप्त गरेकी छन्। उनले मेनका चौधरी चौधरीलाई पराजित गरिन् । चौधरीले ३१२ मत प्राप्त गरेकी छन् ।
महासचिवमा पाण्डप प्रसाद शर्मा निर्वाचन भएका छन् । उनले ५१६ मत ल्याएर निर्वाचित भएका छन् । महासचिव डा. डक्टप्रसाद धितालले ३३० मत ल्याए। राजु खरालले ११ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा गोविन्दप्रसाद शर्मा निर्विराेध भएका छन्। सचिव (समावेशी)मा सरला सुवेदी निर्वाचित भएकी छन्। सुवेदी ६०२ प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धा गरेका चिन्ता बहादुर दर्जीले ३३२ मत ल्याएकी छन् ।
कोषाध्यक्षमा नारायण आचार्य निर्वाचित भएका छन् । आचार्यले ६४३ प्राप्त गर्दा दीपेश पराई विष्टले २७१ प्राप्त गरे।
यस्तै कार्यसमिति सदस्यहरू तेजेन्द्र के.सी.ले ७३१ प्राप्त गर्दै विजय भएका छन् । केसी रातापाटीकर्मी हुन्। अन्य सदस्यमा निर्मल आचार्यले ६२२ मत, प्यार अली खानले ४९५ मत, वसन्त बन्जाडे ५१७ मत, हिम बहादुर घर्ती खत्री क्षेत्रीले ४३५ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुदीप गौतम जनाएका छन्।