Play

फेरी बढ्यो सुनको मूल्य, तिन दिनमै बढ्यो प्रति तोला चारहजार पांचसय रुपैयाँ

गुरुकुल खबर


पोखरा, नेपाली बजारमा सुनको मुल्यमा फेरी वृद्धि हुने क्रम शुरु भएको छ। सोमबार, मंगलबार र बुधबार निरन्तर सुनको मुल्यमा वृद्धि भएको । तीनदिनको अबधिमा प्रति तोला सुनको मूल्य ४ हजार ५ सय रुपैया बढेर १ लाख ५४ हजार २ सय पुगेको छ।

सोमबार प्रतितोला चार सय रूपैयाँ, मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँ र बुधबार प्रतितोला दुई हजार रूपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला चार हजार पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२६ मंसिर २०८१, बुधबार ११:५० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा