कविता – आमा
म नियालिरहेछु आमाको अनुहार
चामल केलाइरहेको मुजा परेको हात
चाउरी परेको अनुहार
ध्यानमग्न,एकाग्र तपस्यामा लीन
भगवानको प्रार्थनामा मग्न
वर्षौ तपस्यामा लीन ऋषिजस्तै
ईश्वरलाई पुकार्दै होलिन्
हे ईश्वर !
तिमीमा समर्पित भोग मेरो परिवारको
हरेक भाग भान्साअगाडि
चोखो थालीमा म पस्कन्छु
हो म तिम्रो हिस्साका भुस र ढुंगा फालिरहेकी छु
प्रभु तिमी बरू मेरो भागको ढुंगा,भुस र फोहर मलाई नै फर्काइदेऊ
भगवान तिम्रो चरणको धुलो हुनु र
राक्षसी महलको मालिक्नी हुनुमा फरक केलाउॅदै छु म
भगवान तिम्रो इसाराबिना कुनै रूखको पात पनि हल्लॅदैन
हो भगवान !
तिम्रो र मेरो परिवारको भागमा फोहर,ढुंगा ,भुस अनि बियॅा
कहिल्यै नपरोस्
बरू ती सबै सबै मेरै भागमा पार
आमा हुनुको पीडा,अभाव,तिरस्कार,दुःख र घृणा
मैले केलाएको चामल,मैले चालेको पीठो अनि मैले निफनेको नांग्लोभरि थोपर्देऊ
तिम्रै भरोसाले
पट्यांस ट्यांसका मीठा धुनमा
स्वादिष्ठ भोजनका लागि तयार रासन बन्दै छन्
यति भन्दै सफा चामल र पीठोको थुप्रो बनाउॅदै राख्दै गर्छिन् आमा
आमाका धमिला ॲाखा,मन र विश्वासले आफ्नै अटल विश्वासमा ईश्वरसॅग साउती मारेको आभाष हुन्छ मलाई
लाग्छ ईश्वर मन्दमन्द मुस्कानमा सोच्दै होलान्
कति सरल छौ तिमी !
कति शीतल छौ है !
चामलबाट ढुंगा,बियॅा,भुस र धुलो यसरी निकाली रहेकी छौ कि तिमी
जस्तै जीवनको दुःख,दर्द,पीडा जति सबै बाहिर निकाली रहेकी छौ
हो तिमी धर्तिजस्तै सहनशील,सरल,सहज र हराभरा छौ
मलाई हरेक पल,हरेक क्षण
आफ्नो तन,मन र ढुकढुकीमा राख्छ्यौ
मेरो भक्त बन्न आफ्नो खानाअगाडि
शुद्ध खानाकै भोग लगाउॅछ्यौ
नयॅा अन्न मलाई नै नचढाई खान्नौ
सायद ईश्वर पनि यो सोच्दै छटपटाउॅछन् होला
धमिलो ॲाखाको सूष्म रोशनी
ॲाखा खुम्च्याउॅदै निधारमा निस्केका साना-साना पसिनाका कण मोतीका सितार बनेर चम्केको चमक
जब आँखा हेर्दाहेर्दै बन्द हुन्छ
तब ईश्वरको मुस्कान खुल्छ
हो आमाको निधारबाट बगेको पसिना र आखाबाट बगेको ॲासु
आमा आफ्नै ॲाचलले पुछ्छिन्
लाग्छ कति धेरै पीडा लुकाउॅदै छिन् आमा ।
– सर्वज्ञ वाग्ले ( हाल – अमेरिका )