Play

कीर्तिपुरमा कांग्रेसको बिरासत कायम, एमाले पुग्यो तेश्रो स्थानमा

गुरुकुल खबर


काठमाडौँ,  काठमाडौँ जिल्लाको किर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसले आफ्नो बिरासतलाई कायम राख्न सफल भएको छ।  यस अगाडी २०७९ मा सम्पन्न स्थानीय तहको निर्बाचनमा आफुले बिजय प्राप्त गरेका स्थानमा कांग्रेसले यसपटक पनि जीत हासिल गरेर आफ्नो बिरासत कायम राख्न सफल भएको हो ।

किर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले ५ हजार ३३४ मत प्राप्त गरेर बिजयी भएभने यस पटक उक्त स्थानमा जित्ने अभिलाषाका साथ् चुनाबी मैदानमा उत्रिएको नेकपा एमालेले तेश्रो स्थानमा चित्त बुझाउनुपर्यो।  एमालेका मेयर पदका उमेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत मात्र प्राप्त गरे।

माओबादीका उमेद्वार शिबशरण महर्जनले ४ हजार ५५५ मतका साथ् दोश्रो बन्ने अवसर पाए।  माओबादीका उमेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य पार्टीको समेत समर्थन रहेको थियो।  उनि कांग्रेसका उमेद्वार भन्दा ७७९ मतले पछाडी परेका हुन्।

यसैगरी स्वतन्त्र उम्मेदवारी दिएसँगै चर्चामा आएका सफाइ अभियन्ता राजमान महर्जनले २ हजार ३६ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले १ हजार ३१४ मत, दिनेश कुमार अधिकारीले १ हजार ४८ मत, राप्रपाका ध्रुव महर्जनले ९९५ मत पाए ।

कीर्तिपुर नगरपालिकाको वडा न  १ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसका इक्ष्या कुमार महर्जन बिजयी भएका छन ।

१७ मंसिर २०८१, सोमबार २२:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा