पोखरा, पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारीको रकम ठगि गरेको प्रकरणमा थप एक जनालाई पक्राउ गरि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
जेल चलान हुनेमा तनहुँ व्यास नगरपालिका वडा नंम्बर १० बस्ने वर्ष ५६ का शंकर नारायण श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी बसन्त कुमार शर्माले बताए ।
श्रेष्ठ नेकपा एमाले तनहुँका प्रभावशाली नेता समेत हुन। उनि नेकपा एमाले बिभाजनताका अर्को पार्टीमा प्रवेश गरेको भएपनि पछिल्लो समय उनि नेकपा एमालेमै फर्किएका थिए ।
उनलाई मंसिर ८ गते पक्राउ गरि अदालतमा उपस्थित गराइएको थियो । अदालतले पचास लाख धरौटी तिर्न आदेश दिएकोमा उक्त रकम तिर्न नसकेकाले श्रेष्ठलाई कारागरा चलान गरिएको प्रहरीले जनाएको छ ।
प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो ।