Play

अमेरिका बस्ने नायिका ऋचा र निर्देशक शंकर घिमिरेले ठगि गरेको भन्दै प्रहरीमा उजुरी

गुरुकुल खबर


काठमाडौं,  कलाकार ऋचा घिमिरे र शंकर घिमिरे विरुद्ध ठगीको आरोपमा उजुरी परेको छ चलचित्र ‘तेल भिसा’की नायिका तथा निर्माता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले अमेरिका लगिदिने भन्दै पैसा लिएर अमेरिका नलगेको र पैसा फिर्ता पनि नगरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।

“ उनीहरुले केहीलाई अमेरिका लगिदिन्छु भनेर पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा फिर्ता पनि नगरेको भन्दै प्रहरीमा उजुरी परेको भएपनि प्रहरीले यो घटनाबारे अझै सार्बजनिक गरेको छैन एक प्रहरी अधिकृतले भने, “घटनाको वास्तविकता के हो, हामी अध्ययन गरिरहेका छौँ ।”

लामो समयदेखि ऋचा र शंकर दुबैजना अमेरिका बस्दै आएका छन चलचित्र ‘तेल भिसा’ मा ऋचाले लगानी गरेकी मात्र नभएर अभिनय पनि गरेकी छन ।

यही मंसिर ७ गते रिलिज हुन लागेको चलचित्र तेल भिषामा शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको छ भने अभिनेता विपीन कार्की, वर्षा राउत, पूजा चन्द, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतले अभिनय गरेका छन । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।

२८ कार्तिक २०८१, बुधबार १३:४७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा