Play

चौबिस यात्रु बोकेको बस तिजुको रुखमा अड्केर ठुलो दुर्घटना टर्यो, दुईजना मात्र घाइते

दाङबाट पोखरा भ्रमणमा आएको टोलि पुम्दीकोटबाट फर्किने क्रममा दुर्घटना


गुरुकुल खबर


पोखरा, कास्की जिल्लाको पोखरा महानगरपालिका -२२ पुम्दिमा सडक छेउमा रहेको तिजुको रुखका कारण ठुलो दुर्घटना टरेको छ। पुम्दिकोटमा रहेको बिशाल महादेवको मन्दिर र शान्ति स्तुपा लगायतका दर्शनीय स्थान अबलोकन गर्न गएको २४ जनाको टोलि सम्भावित ठुलो दुर्घटनाबाट जोगिएको हो।

लुम्बिनी प्रदेशको दाङबाट पोखरा क्षेत्रको भ्रमणमा आएको नव युग डान्स क्लबको २४ जनाको टोलि पुम्दिकोट घुमेर फर्किने क्रममा उनीहरु चढेको रा.१ ख २१०६ नम्बरको मिनिबस चालकको नियन्त्रण बाहिर गई ओरालो सडक किनारामा घुम्तिबाट तल खसेको थियो। तर सडक छेउमा रहेको तिजुको रुखमा बस अड्किएको कारण बस सडकबाट धेरै तल खस्न नपाएपछि सम्भावित ठुलो दुर्घटना टरेको हो।

रुखमा बस नअड्किएको भए बस धेरै तल पुग्ने र दुर्घटनाबाट गम्भीर क्षति पुग्ने सम्भावना थियो। बिहिबार भएको उक्त दुर्घटनापछि रुखका कारण भिरमा अड्किएको बस क्रेनको सहायताले सडकमा निकालिएको थियो।

तर सम्भावित ठुलो दुर्घटनाबाट बचेको कारण बसमा सात महिला र १७ पुरुष गरि २४ जना रहेपनि दुई जनामात्र घाइते भएका थिए । घाइते दुबैको पोखरा -१७ बिरौटा स्थित अस्पतालमा उपचारको लागि लागिएको छ। घाइते हुनेमा  दाङको तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने १७ बर्षीय सन्ध्या रसाईली र सोहि ठाउँ बस्ने १९ बर्षीय मनिषा रसाईली रहेको कास्की प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

२३ कार्तिक २०८१, शुक्रबार ०९:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा