Play

क्रसकन्ट्री दौड प्रतियोगितामा भाग लिन चिनिया खेलाडी चार्टर्ड विमानबाट पोखरामा

गुरुकुल खबर


पोखरा, हिमालयन टुरिजम फोरमले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्वतीय क्रस-कन्ट्री दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी चार्टर फ्लाइटबाट पोखरा आइपुगेका छन्। चीनको कुनमिङबाट खेलाडी बोकेर उडेको सिचुवान एयरलाइन्सको चार्टर जहाज बिहीबार दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

जहाजमा १२० जना चिनियाँ नागरिक पोखरामा उत्रिएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन्। ‘चीनबाट १३४ जना आउने भनिए पनि १४ जना कम आएको छन्,’ उनले भनिन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पहिलो पटक गत वर्ष असार ६ गते उक्त एयरलाइन्सको जहाज पोखरा अवतरण गरेको थियो। त्यतिबेला चीनको छेन्दु शहरबाट पोखरामा आयोजित ड्रागन बोट रेसमा सहभागी हुने खेलाडी लिएर सिचुवान एयरलाइन्सले नै चार्टर फ्लाइट गरेको थियो। बिहीबार उक्त एयरलाइन्सले पोखरामा दोस्रो पटक चार्टर फ्लाइट गरेको विमानस्थलका सूचना अधिकारी रेग्मीले बताइन्।

यो सँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि ८ वटा अन्तर्राष्ट्रिय उडान भएको छ। ‘पोहोर साल सातवटा अन्तर्राष्ट्रिय उडान भएको थियो, यो वर्ष पहिलो पटक अन्तर्राष्ट्रिय उडान आज भएको छ,’ उनले भनिन्, ‘गत वर्ष भुटानको ड्रुक एयर, चीनकै २ वटा कार्गो जहाज र हिमालयन एयरलाइन्सले तीनवटा उडान भरेको छ।’

पोखरामा शनिबार आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली र चिनियाँ खेलाडी सहभागी हुने आयोजकले बताएको छ। प्रतियोगिता शनिबार बिहान लेकसाइडको बाराहीघाटबाट सुरू हुनेछ। प्रतियोगितामा ५० किलोमिटर दूरी रहेको समुहगत र व्यक्तिगत प्रतिस्पर्धा हुनेछ।

विद्यार्थीका लागि ५ किलोमिटर र ह्याप्पी रन समूह २ किलोमिटर दूरीमा दौड प्रतियोगिता हुने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जानकारी दिए। प्रतियोगिताका समूह विजेताले ४ लाख ५८ हजार रुपैयाँ र उपविजेताले ३ लाख ४३ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विजेता महिला र पुरुषलाई समान एक १ लाख ५२ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। विद्यार्थी दौड प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

‘रन फर कमन प्रोस्पेरिटी’ नाराका साथ आयोजित प्रतियोगिताले नेपाल र चीनबीच मित्रता अझ बलियो बनाउने र पोखराको पर्यटन विकासमा सघाउ पुर्‍याउने संयोजक पालिखेले बताए।

‘अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताले नेपाल र चीनबीचको मित्रतालाई अझ बलियो बनाउन सहयोग पुग्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘यस प्रतियोगिताले पोखराको पर्यटन चलायनमान बनाउन र विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सक्छ भनेर पनि देखाएको सेतो पाटीको समाचारमा उल्लेख छ।’

२२ कार्तिक २०८१, बिहीबार १७:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा