Play

अमेरिकी राष्ट्रपति ट्रम्पलाई नेपालका राष्ट्रपति पौडेलको बधाई

गुरुकुल खबर


काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका छन् । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा २ सय ७९ इलेक्ट्रोरल मत प्राप्त गरि राष्ट्रपतिमा निर्बाचित भएका हुन

राष्ट्रपति पौडेलले ट्रम्पको नेतृत्वमा विश्वमा शान्ति कायम होस् भन्ने सन्देश पनि दिएको राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले जानकारी दिए। अमेरिकाको राष्ट्रपतिका लागि मङ्गलवार निर्वाचनको नतिजा बुधवार सार्वजनिक भएको हो।

२१ कार्तिक २०८१, बुधबार १७:२६ मा प्रकाशित
Nabintech