Play

पोखराका मेयर आचार्य विश्वब्यापी छलफलमा भाग लिन इजिप्ट प्रस्थान

गुरुकुल खबर


पोखरा, ईजिप्ट सरकारद्वारा आयोजित “दिगो शहरी विकास र मानव बसोबाससम्बन्धी विश्वव्यापी छलफल” कार्यक्रममा भाग लिन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य इजिप्टको राजधानी कायरोतर्फ प्रस्थान गरेका छन् । एसियाली विकास बैंकको निमन्त्रणामा संयुक्त राष्ट्र संघ मानव बसोबास कार्यक्रम अन्तर्गत हुने उक्त कार्यक्रममा आचार्य बक्ताको रुपमा रहेको बताईएको छ।

नोभेम्बर ४ देखि ७ गते सम्म कायरोमा हुने उक्त कार्यक्रम “सबै कुरा घरबाट सुरु हुन्छ: दिगो शहर र समुदायका लागि स्थानीय क्रियाकलाप” भन्ने नाराका साथ हुन लागेको हो कार्यक्रममा १ सय ५० भन्दा बढि राष्ट्रहरुको सहभागीता रहने बुझिएको छ । भ्रमणका क्रममा जलवायु परिवर्तन, एशियाली विकास बैंकको लागत साझेदारीमा सञ्चालित बिभिन्न  परियोजनाहरूको प्रगति, आगामी कार्यहरू, सम्भावित अवसरहरूको पहिचान तथा लगानी सुनिश्चितताको विषयमा पनि छलफल हुनेछ।

उक्त कार्यक्रम पोखराको दिगो विकास गर्न र ठुला परियोजनाहरू अगाडि बढाउन सहयोगी हुने विश्वास पोखरा महानगरपालिकाले लिएको छ । कार्यक्रमका दौरानमा विकास साझेदार संस्थाहरूको सहयोगमा पोखरामा संचालित तथा संचालनका लागि अगाडि बढेका २८ अर्बभन्दा बढीका परियोजनाहरुको प्रभावकारी कार्यन्वयनका लागि दातृ निकायका प्रतिनिधि संग मेयर आचार्यको कुराकानी हुने भनिएको छ।

१९ कार्तिक २०८१, सोमबार १२:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा