Play

सहकारी ठगिमा लामिछानेको बयान पोखरामा पुरा, जोशीको बयान बुटवलमा शुरु, कांग्रेस नेता गुरुङकी पूर्वपत्नी ज्योती बिरुद्द रेडकर्नर नोटिस

गुरुकुल खबर


पोखरा, सहकारीको रकम ठगि गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सकिएकोछ । मंगलबार बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो ।  सोमबार पनि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बयानका लागि उपस्थित गराएका थियो ।

पूर्व उपप्रधानमन्त्री एबम गृहमन्त्री रहेका रास्वपाका सभापति लामिछाने यहि  कार्तिक २ गते शुक्रबार उनकै पार्टीको मुख्यालय वनस्थलीबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई सडक मार्ग हुँदै शनिबार बिहान कास्की प्रहरीको हिरासतमा ल्याईएको थियो आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए ।  उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीतेन्द्रबावु (जीबी) राईसँग मिलेर  सहकारीको रकम अपचलन गरेको आरोप छ । बयानका क्रममा उनले सहकारी ठगीमा आफू संलग्न नरहेको जिकिर गर्दै आएका छन।

 (रास्वपाले पोखराको रामबजारमा आयोजना गरेको बिरोध प्रदर्शन – तस्बिर सुदर्शन रन्जीत)

उनि पक्राउ परेपछि रास्वपाले पोखरामा दिनहुँ प्रदर्शन गरिरहेको छ देशका विभिन्न जिल्लाबाट रास्वपाले आफ्ना कार्यकर्ताहरुलाई पोखरामा केन्द्रित भएर आन्दोलन गर्न आव्हान गरेअनुरुप लामिछाने समर्थकहरु पोखरामा पुगेर नारा जुलुसमा सहभागी भैरहेका छन ।  पार्टीका सबै जसो नेता र त्यस पार्टीका सांसदहरुपनि पोखरामा पुगेका छन। रास्वपाले मंगलबार पोखराको रामबजार क्षेत्रमा जुलुस प्रदर्शन गरेकोअग्रज फोटो पत्रकार समेत रहेका  स्थानीय सुदर्शन रन्जितले जानकारी दिएका छन्

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डीआइजी जोशीको बयान बुटवलमा शुरु 

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डीआइजी  छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान सुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइरहेका छन् । गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।

वचतकर्ताको निक्षेप फिर्ता र दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरिएको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बताए । वचत रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाही आफूहरूको प्रमुख माग रहेको उनले बताए ।

सहकारी रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया मार्फत भएको सहकारीको रकम अपचलनमा जीबी राई, रवि लामिछाने, कुमार रम्तेलसँगै जोशीलाई पनि कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो । उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन् ।

सुप्रिम सहकारी अपचलनको मुद्दा यसअघि नै अदालत पुगिसकेको छ । जोशी लगायतका व्यक्तिको संलग्नता खुलेको बखत पूरक अभियोजन बनाएर पुनः मुद्दा लग्ने बाटो भने खुल्ला रहेको छ । सोही प्रयोजनका लागि सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि जोशीलाई रुपन्देही लगिएको हो । सुप्रिमका १ हजार ८३१ बचतकर्ताले सहकारीका पूर्वअध्यक्ष राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । ती उजुरीहरूको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार सर्वसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको छ ।

जीबी राईका विभिन्न पाँच वटा कम्पनीलाई मात्रै यो सहकारीले ऐन नियम विपरीत ७८ करोड ५० लाख ७६ हजार रुपैयाँ ऋण दिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कको नाममा मात्रै सुप्रिमबाट १४ करोड ६ लाख रुपैयाँ सारिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सुप्रिमको ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले प्रतिवादी बनाएको छैन ।

प्रहरी अनुसन्धान प्रतिवेदन अनुरूप सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय मार्फत २८ जना विरुद्ध मुद्दा दायर भएको छ । जसमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ थुनामा छन् । सचिव पुन सहितका ६ जना धरौटीमा छुटेका छन् । अन्य १९ जना अहिले पनि फरार छन् । अदालतले सहकारीका पूर्व अध्यक्ष तथा हालका संरक्षक जीतेन्द्रबाबु राई (जीबी) सहितका अन्य १९ जनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ ।

कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी ज्योती बिरुद्द रेड्कर्नर नोटिस 

यसैबीच ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ। सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ।

यसमा सहकारीले पाँच जनाविरूद्ध जाहेरी दिएको छ। जसमध्ये ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारी विरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीले प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गरेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन । प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोल शाखाले यसबारे अध्ययन गरी रूजु गरी आवश्यक परे थप कागजात सिआइबीसँग झिकाउनेछ। कागजातहरू सबै पुगेमा रेड कर्नर नोटिस जारी गर्न शाखाले इन्टरपोलमा पत्राचार गरेपछि मात्रै जारी हुनेछ।

रेड कर्नर नोटिस सिफारिस भएकी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आएका छन्। यद्यपि धनराजले केही समय अघिसम्म पनि उनले पूर्वपत्नी भनेकी ज्योतीको नाममा रहेको ऋण तिर्दै आएको भेटिएको थियो। ज्योति र धनराजको सम्बन्धविच्छेद २०७६ सालमा भए पनि २०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिदहरू फेला परेको जनाईएको छ।

६ कार्तिक २०८१, मंगलवार १७:५३ मा प्रकाशित
Nabintech