बेल्जियम, बेल्जियममा भएको स्थानीय तहको निर्बाचनमा दुई नेपाली मुलका उमेदवार निर्बाचित भएका छन । उक्त निर्बाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा दोश्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा सुर्य ढकाल निर्बाचित भएका हुन् । निर्बाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा अरु नेपालीहरुपनि उमेदवार बनेको भएपनि तिमिल्सिना र ढकाल मात्र निर्बाचित भएका हुन् ।
ब्रुगे नगरपालिकाको सदस्यमा निर्बाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेकी हुन् । उनि संभवत सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्बाचित भएकी हुन् । उनि बहालवाला मेयरको पार्टी CD&V बाट उमेदवार बनेकी हुन् ब्रुगे नगरको मेयरमा डिक डे फाव Dirk De Fauw निर्बाचित भएका छन् । निर्बाचनमा खसेको मत मध्ये ३८.४ प्रतिशत मत सहित उनीहरुको पार्टी CD&V पार्टी पहिलो बनेको छ ।
संभवत कान्छी सदस्यको रुपमा निर्बाचित प्रज्ञाले नगर सदस्यमा बिजयी भएपछि प्रतिक्रिया दिंदै आफुले समाज र देशको लागि निरन्तर पाइला चाल्ने बताउंदै आँफुलाई जिताउन सबै किसिमको सहयोग गर्नेहरुप्रति आभार प्रकट गरिन । आफ्नो बुवाको प्रेरणाबाट आफुलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनले बताइन । उनका बुवा नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष एबम नेपाल बिद्यार्थी संघ कास्कीका पूर्व अध्यक्ष पूर्ण तिमिल्सिना हुन् ।
बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब चालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। यसपटक मतदानको लागि अनिबार्य ब्यबस्था नगरेको कारण मत कम खसेको अनुमान गरिएको छ । मतदातामा पनि युवाहरुको उपस्थिति निकै कम देखिएको प्रज्ञाका बुवा पूर्ण तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए । उनले निर्बाचनमा छोरी प्रज्ञाको पक्षमा मतदान गर्ने नेपाली , बंगाली, भारतीय , अफगानी , अल्बेनियन , कोसोभियन , म्यासेडोनी लगायत सम्पूर्ण बेल्जियम समुदाया प्रति आभार प्रकट गरेका छन ।
गैर आवाशीय नेपाली संघ बेल्जियमका अध्यक्ष एबम नेपाली जनसम्पर्क समिति बेल्जियमकी सिता सापकोटा सहित बेल्जियममा रहेका नेपाली समुदायको तर्फबाट प्रज्ञा र सुर्यलाई बधाई दिने क्रम सामाजिक संजाल सहित भौतिक रुपमा समेत चलिरहेको छ ।