Play

बाढी पहिरो र डुबानमा परि २ सय ४६ को मृत्यु, १८ जना अझै बेपत्ता, १७ हजार बढीको उद्वार

गुरुकुल खबर


काठमाडौं, अविरल वर्षाका कारण यहि असोज १० देखि १३ गतेसम्म आएको बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म  देशभर २ सय ४६ जनाको मृत्यु भएको छ । यस अवधिमा प्राकृतिक विपद्का घटनामा परेका १८ जना अझै बेपत्ता छन भने १ सय ७८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको प्रधान कार्यालयले दिएको जानकारी अनुसार १७ हजार १ सय ७४ भन्दा बढी मानिसहरुलाई त्यस अबधिमा उद्धार गरिएको थियो ।

यस पटकको बाढीपहिरोमा परी वाग्मती प्रदेशमा सबैभन्दा बढी १ सय ३९ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । वाग्मती प्रदेशमा मात्र सात जना बेपत्ता छन् । काठमाडौं उपत्यकामा मात्र ७० जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी कोसी प्रदेशमा २० जनाले ज्यान गुमाएका छन् भने त्यस प्रदेशमा २० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । मधेस प्रदेशमा नौ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।

२१ आश्विन २०८१, सोमबार १४:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा