Play

बाराही हस्पिटालिटी अन्तर्गतका चार होटललाई साउथ एसियन ट्राभल अवार्ड्स

गुरुकुल खबर


पोखरा,  बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले  साउथ एसियन ट्राभल अवार्ड्स (साटा) प्राप्त गरेका छन।गत बर्षबाट सन्चालनमा आएको काठमाडौंको ठमेलमा रहेको चार तारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रुपमा गोल्ड अवार्ड पाएको छ ।

यस्तै पोखराको ‘नेचुरल भ्यु पोइन्ट’ सारङकोटको डाँडामा रहेको सारङकोट माउन्टेन लजले मस्ट रोमान्टिक रिसोर्टको अवार्ड प्राप्त गरेको छ । माछापुच्छ्रेको छायाले डुबुल्की मार्ने रुफटप स्विमिङ पुल, हिमशृङ्खला र सूर्योदय हेर्दै रमाउन सकिने बाथटब, शीतल मौसम र उत्कृष्ट आतिथ्यताले  सारङकोट माउन्टेन लज प्रसिद्ध छ

निकुञ्ज भित्रका होटलको झल्को दिने पर्यावरण मैत्री बाराही जंगल लजले लिडिङ वाइल्डलाइफ रिसोर्टको अवार्ड प्राप्त गरेको छ । चितवनको मेघौलीमा रहेको सो लज ‘लिजर टुरिजम’का लागि उत्कृष्ट गन्तव्य हो ।

यस्तै पोखराको नौ नम्बर स्ट्रिटमा रहेको होटल ‘आवास पोखरा’ ले ४० भन्दा कम रुमको लिडिङ सिटी होटलको अवार्ड पाएको छ । रुफटप बार, इन्फिनिटी स्विमिङपुल सहितको यो होटल बजेट फ्रेन्ड्ली ग्राहकको रोजाइमा पर्ने गरेको छ ।

हस्पिटालिटिको उत्कृष्ट अभ्यास गर्ने आफ्ना कर्मचारीहरुको  कारण अवार्ड प्राप्त गर्न सफल भएको हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए ।

साटाका संस्करणहरु दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिँदै आइएको छ ।  यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल (हान)को सहकार्यमा नेपालमा सम्पन्न भएको हो ।

दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा छ देशका २ सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो ।

७ आश्विन २०८१, सोमबार २१:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा