Play

हिसान कास्कीको अध्यक्षमा दिवाकर जैसी निर्बिरोध, ब्यबहारिक शिक्षामा जोड दिने प्रतिबद्दता

गुरुकुल खबर


पोखरा, कास्की जिल्लामा संचालित उच्च माबिहरुका संचालकहरुको संस्था उच्च माध्यमिक बिद्यालय संघ (हिसान) कास्कीको २२ औं साधारण सभा तथा नबौं अधिबेशनले हिसान कास्कीको अध्यक्षमा दिवाकर जैसीलाई निर्बिरोध अध्यक्षमा चयन गरेको छ। जैसी पोखराको माटेपानीमा संचालित हिल पोइन्ट माविका प्राचार्य हुन।

हिसान कास्कीको अध्यक्षमा नबनिर्बाचित जैसीले आफ्नो कार्यकालमा सबै बिद्यालयको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले व्यावहारिक शिक्षामा जोड दिँदै शैक्षिक गुणस्तरमा विशेष ध्यान दिने बताए ।

नबनिर्बाचित कार्यसमितिको उपाध्यक्षमा ढाकाराम कँडेल र पूरन कुँवर, सचिवमा किरण सापकोटा, कोषाध्यक्षमा राजेन्द्र पौडेल र सहसचिवमा आनन्दप्रसाद अधिकारी चयन भए ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा नवीन बराल, खिमबहादुर गुरुङ, शिवबहादुर रेग्मी, शिवबहादुर भण्डारी, नारायण आचार्य, टेकनाथ पौडेल, विकास पहारी, प्रेमराज अधिकारी, विकल पौडेल, शर्मिला गुरुङ र आमोद कोइराला निर्बाचित भएका छन । हिसान केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

साधारण सभा तथा अधिबेशनको उद्घाटन समारोह यमबहादुर रोकाको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि हिसान केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, हिसान धौलागिरी अध्यक्ष कृष्ण केसी, जिल्ला खेलदुद विकास समिति कास्की प्रमुख तोरणबहादुर बानियाँ, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, एन प्याब्सन कास्की अध्यक्ष हेमन्तराज अधिकारी, यूनिप्स उपाध्यक्ष विनोकुमार नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुको साथै शैक्षिक क्षेत्रको बिकासको लागि सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

नवनिर्वाचित समितिलाई हिसान केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए।कार्यक्रममा स्वागत दिवाकर जैसी र संचालन ढाकाराम कँडेलले गरेका थिए ।

३ आश्विन २०८१, बिहीबार ०७:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा