Play

कास्कीको मादी -१२ मा नेकाको क्रियाशिल सदस्यता वितरण

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका संस्थापक एबम नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १ सय ११ औं जन्म जयन्तीको सन्दर्भ पारेर कास्की जिल्ला अन्तर्गतका ७२ वडामा नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण एबम समसामयिक राजनीतिक अबस्थाको बारेमा प्रशिक्षण कार्यक्रम गरिएको छ।

विभिन्न वार्डमा खटिएका प्रतिनिधिहरु र प्रशिक्षकहरुले नेपाली काँग्रेसको इतिहास र नेपाली काँग्रेसको क्रियाशील सदस्यले निर्बाह गर्नुपर्ने भूमिकाको बारेमा जानकारी गराएका थिए । कतिपय वडामा भने क्रियाशील सदस्यताको वितरण गर्ने कार्यक्रममात्र गरिएको थियो।

यसै क्रममा कास्कीको मादी गाउँपालिका वडा नं १२ मा क्रियाशिल सदस्यता वितरण गरिएको समाचार प्राप्त भएको छ । उक्त वडामा सदस्यता वितरणका लागि नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एबम प्रचारप्रसार विभागका उपपप्रमुख शिरोमणि बराल संयोजक र अन्य पाँचजना सदस्यको रुपमा खटिएका थिए।

सदस्यता वितरण कार्यक्रममा बोल्दै बरालले गाउँगाउँका इमान्दार कार्यकर्ताले नै पार्टीको गरिमालाई बचाइरहेको बताए। उनले विपीका आदर्शलाई आत्मसात गर्दै अघि बढ्न सकेमात्रै काँग्रेसको गरिमा जोगिने अनि समाज र राष्ट्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने कुरामा जोड दिए। उक्त अवसरमा बरालले विपीको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा समेत चर्चा गरेका थिए ।

सोहि कार्यक्रमम खटिएका प्रतिनिधि एबम नेपाल शिक्षक संघ कास्कीका पूर्व अध्यक्ष मित्रलाल सापकोटाले विपीले देखाएको बाटोलाई विर्सन नहुनेमा जोड दिदै तल्लो तहको कार्यकर्ताको इमान्दारिता र क्रियाशिलताले नै पार्टी संगठन जोगाएको बताए।

अर्का प्रतिनिधि एवम् नेपाल किसान महासंघ कास्की क्षेत्र नं १ का सभापति धनेश्वर न्यौपानेले समाजको तल्लो तहका कार्यकर्ताको भावनालाई नेतृत्वले आत्मसात गर्न सक्नुुपर्नेमा जोड दिए।

अर्का प्रतिनिधि एवम् नेपाली काँग्रेस मादी गाउँपालिकाका उपसभापति कृष्णचन्द्र बरालले देशै भरी एकै दिन एउटै समयमा क्रियाशिल सदस्यता वितरण भैरहेको बताउँदै प्रत्येक सदस्यले इमान्दारिता र जिम्मेवारिताका साथ पार्टी संगठनलाई बलियो बनाउन लाग्नुुपर्नेमा जोड दिए।

कार्यक्रमका सभापति एवम् नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं १२ का सभापति महेन्द्रप्रसाद पौडेलले वडामा पार्टी संगठनका गतिविधि बारे जानकारी गराए। कार्यक्रममा तुलसी आचार्य, गणेश बहादुर पतनी, शम्भुराज अधिकारी, नारायणी पौडेल, डिल्लीराज गिरी(दिनेश), जंगबहादुुर रानाभाट लगायतले तल्लो तहका कार्यकर्ताको भावनालाई नेतृत्वले बुझ्न सके मात्र संगठन बलियो हुने बताएका थिए।

२४ भाद्र २०८१, सोमबार २०:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा