Play

पोखराको युनाईटेड क्लबमा नयाँ समिति चयन, अध्यक्ष बने ‘लोकबहादुर’

क्लबले रचनात्मक र महत्वपूर्ण काम गरिरहेको अतिथिहरुको समेत भनाई


गुरुकुल खबर


पोखरा, युनाइटेड क्लव पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लवको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागी लोक बहादुर थापालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो । क्लवको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्धितिय उपाध्यक्षमा सुुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुुर्ण कुमार श्रेष्ठ, शिव थापा, पदम बहादुर कार्की(बिजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिम बहादुर क्षेत्री, गणेश खडका र सुरेश थापा निर्वाचित भएका छन । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्व अध्यक्ष सुक बहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा सपथ ग्रहण गराएका थिए ।

यसैविच अधिवेशनको उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले युनाइटेड क्लवले सामाजिक कामको माध्यामबाट आफुलाई अब्बल बनाउन सक्षम भएको वताउदै युवाहरुले चाहेको खण्डमा कुनैपनि काम सफल हुने वताए । युनाइटेड क्लबमा आवद्ध युवाहरुले एकीकृत भइ सामाजिक काम गरेकै कारण क्लब १५ औं साधारण सभा सम्म आइपुुगेको समेत वताए ।

 

पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लब र समाजसेवा एक अर्काबीच पर्यायबाची शब्द रहेको वताउदै युनाइटेड क्लव पोखरामा स्थापना भएतापनि नेपाल भर सामाजिक काम मार्फत आफुलाई अब्बल बनाउन सफल भएको वताए।

क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले लिएको मुख्य एजेण्डा खुल्ला चिडियाखाना भएपनि सरकारी निकायको कामका कारण जनावरको उद्धार केन्द्रको रुपमा बिकास भइरहेको बताए। क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा उल्लेख्नीय काम गर्दै आइरहेको भएतापनि क्लवले शिक्षाको क्षेत्रमा देशकै नमुनाको रुपमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी प्राविधिक विद्यालयको थालनी गर्ने र उक्त योजनाको लागि क्लबले ८ रोपनी जग्गा खरिद गरी योजनालाई अगाडी विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्पन्न गरी योजनालाई मूर्त रुप दिनेतर्फ लाग्ने वताए ।

युनाइटेड क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले युनाइटेड क्लवमा आवद्ध सम्पुर्ण एकजुट भएर अगाडी वढेकै कारण आज सम्म सफलता पाइरहेको वताउदै आगामी दिनमा पनि सम्पूर्ण एकजुट भएर अगाडी वढ्नुपर्नेमा जोड दिए ।

अमरसिंह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले युनाइटेड क्लबले पोखरा महोत्सवकै आयोजना गरी सामाजिक काम गर्दै आइरहदा त्यसमा अमरसिंह माविकको समेत प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेको वताए ।

समाजकल्याण परिषदका अध्यक्ष राजेन्द्र बहादुर कार्कीले युनाइटेड क्लव पोखरामा अब्बल सामाजिक संस्थाको रुपमा रहेको वताउदै त्यसलाई स्थायीत्व दिन सम्पुर्ण सदस्यहरु लाग्नुपर्नेमा जोड दिए ।

वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र घिमिरेले युनाइटेड क्लवले सामाजिक काम मार्फत आफुलाई अगाडी बढाउदै लगिरहदा प्रहरी कार्यालयले समेत सामाजिक बिकृती उन्मुलुनका लागि काम गर्ने भएकाले आगामी दिनमा युनाइटेड क्लब र युनाइटेड क्लव वीच सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

क्लवका सल्लाहकार सम्मर बहादुर श्रेष्ठले भैलो खेलेर स्थापना भएको युनाइटेड क्लब १५ औं वार्षिक साधारण सभा सम्म आइपुुग्दा सामाज सेवा प्रति गरेको काम उल्लेख्नीय रहेको बताए ।

क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले युवा अवस्थामा प्रवेश गरेको युुनाइटेड क्लबले अझै सामाजिक काम मार्फत समाजमा अब्ब्ल काम गर्नेमा आफु विश्वस्त रहेको वताए ।

त्यस अबसरमा युनाइटेड क्लबको सुरुवातका दिनहरुमा महत्वपूर्ण भुमिका रही क्लबको उन्नतीलाई सधै आत्मासाथ गर्दै हाल सम्म साथ सहयोग गर्दै आएका क्लबका पूर्व सल्लाहकार विश्व प्रकाश लामिछाने र आजीवन सदस्य शंकर मानन्धरलाई सम्मान गरिएको थियो । सो अवसरमा क्लबका अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सुुर्य बहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन र महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२१ भाद्र २०८१, शुक्रबार १८:०३ मा प्रकाशित
Nabintech