Play

पोखराका शिक्षासेवी एबम सामाजिक व्यक्तित्व प्रेमराज पहारीको निधन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -६ बैदाम निबासी सामाजिक व्यक्तित्व एबम स्वतन्त्र बामपन्थी नेता प्रेमराज पहारीको निधन भएको छ। केहि समयदेखि गम्भीर बिरामी परेका पहारीको मंगलबार अपरान्ह १ बजेतिर  निधन भएको हो। उनको मंगलवार दिउँसो ४ बजे शबयात्रा सहित अन्त्येष्टि गरिने जानकारी स्थानीय हरी पहारीले दिएका छन।

शालीन र मिलनसार स्वभाबका पहारी स्थानीय स्तरमा सामजिक व्यक्तित्व एबम शिक्षासेविको रुपमा चिनिन्थे।

पहारीले पोखराको बैदाम स्थित ताल बाराही माविको ब्यबस्थापन समितिको अध्यक्ष भएर लामो समय काम गरेका थिए। उनि अध्यक्ष रहेकै समयमा बिद्यालयमा महायज्ञ संचालन गरि अर्थ संकलन गरिएको र बिद्यालयको भवन समेत निर्माण गरिएको जानकारी स्थानीय तेजनारायण पराजुलीले गुरुकुल खबरलाई दिए।

पोखरा महानगरपालिका -६ का पूर्व वडाध्यक्ष एबम स्थानीय व्यक्तित्व जगत पहारीका अनुसार स्व. प्रेमराज पहारी पहारी परिबारका एक अग्रज व्यक्तित्व समेत रहेको जानकारी दिंदै उनले पहारी कुल संरक्षण समितिको अध्यक्ष भएर दश वर्ष काम गरेको बताए।

निरन्तर बामपन्थी बिचार बोकेको भएपनि उनले पार्टीको जिम्मेवारी भने खासै नलिएको बुझिएको छ। राजनीतिक रुपमा उनि नेकपा एमालेसंग निकट रहँदै आएका थिए।

२०४२ सालको स्थानीय तहको निर्बाचनमा पहारीले पोखरा -६ को वडाध्यक्षमा चुनाब लडेका थिए ।

स्व. पहारीकी धर्मपत्नी सहित नारायण, दण्डराज, दीपेन्द्र, शुरेश र बिकास सहित छ जना छोरा र एक छोरी रहेका छन।

 

१८ भाद्र २०८१, मंगलवार १३:४० मा प्रकाशित
Nabintech