Play

सहकारी ठगि सम्बन्धमा कास्की प्रहरीको टोलीले पनि रबि लामिछानेसंग गर्यो ‘सोधपुछ’

गुरुकुल खबर


पोखरा,  सहकारी ठगी प्रकरणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सोधपुछ गरेको छ ।  सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको १० दिनपछि कास्की प्रहरीको टोली पनि काठमाडौँनै पुगेर रविसँग सोधपुछ गरेको बुझिएको छ ।

कास्कीका डीएसपी वसन्त शर्मा नेतृत्वको टोलीले गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा समेत खानतलासी गरेको थियो । पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिनाबारे अनुसन्धानका लागि काठमाडौँ गएको बेला टोलीले ३ वटा कम्पनीमा खानतलासी गर्दै रविसहित पूर्वडीआईजी छबिलाल जोशी बन्जाडे र बिपिन कर्माचार्यसँग समेत सोधपुछ गरेको थियो।

कास्की प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार रवि विरुद्ध पूरक जाहेरी परेपछि आवश्यक विषय बुझ्न सोधपुछ गरिएको हो । सहकारीको रकम हिनामिना गरेर गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरेपछि लामिछानेले समेत ऋण लिएको र अरू व्यक्तिमार्फत तिरेको आरोप लागेको छ ।

प्रहरीका  अनुसार लामिछाने सहित तीन जनासँग सोधपुछ र कम्पनीमा छापा मार्ने उद्देश्यले डिएसपी शर्माको टोली चार दिनअघि नै काठमाडौँ गएको थियो ।

कास्कीका प्रहरी प्रमुख एबम एसपी मोहन थापाले गुरुकुल खबरसंग कुरा गर्दै अनुसन्धान अझै बाँकि रहेकोले अहिले नै सबै कुरा भन्न नसकिने बताए। उनले सहकारीको सफ्टवेर काठमाडौँमा बरामद भएपछी प्रहरीलाई अनुसन्धानमा धेरै सफलता मिलेको दाबी गरे ।

रवि लामिछानेले भने सहकारी ठगीमा आफू संलग्न नरहेको निरन्तर दाबी गर्दै आएका छन् ।

१६ भाद्र २०८१, आईतवार २३:२४ मा प्रकाशित
Nabintech