Play

पोखराको धवलमार्ग टोलमा महिलाहरुको तीज बिशेष कार्यक्रम

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -५ जिरो किलोमिटर नजिक धवलमार्ग टोलका महिलाहरुले नेपाली महिलाको महत्वपुर्ण चाड तीजको सन्दर्भमा टोलमा एक कार्यक्रमको आयोजना गरे।

कार्यक्रममा सहभागी महिलाहरुले तीजको भाकाका विभिन्न गीत गाएर तथा नाचेर मनोरंजन लिएका थिए यसका साथै सामुहिक रुपमा दर खाने कार्यक्रम समेत गरेको धवलमार्ग टोल महिला समितिकी सदस्य नेत्रमाया अधिकारीले गुरुकुल खबरलाई जानकारी दिईन।अधिकारी सहित सुनिता मल्ल शाही, निर्मला घिमिरे, कमला भण्डारी, हरी सापकोटा, दुर्गा आचार्य लगायतका महिलाहरुको अगुवाईमा कार्यक्रम गरिएको थियो।

धवलमार्ग टोलमा रहेका महिलाहरु विभिन्न राजनीतिक दल, विभिन्न सामाजिक तथा ब्यबसायिक र पेशागत सघसंस्थामा समेत आबद्द रहेका छन।

विभिन्न संघसंस्था र बिभिन्न पेशा ब्यबसायमा संलग्न भएपनि तीजको सन्दर्भमा अन्यत्र पनि धेरै कार्यक्रम हुँदाहुँदै पनि थोरै समय ब्यबस्थापन गरि टोलमा दर खाने कार्यक्रम गरिएको स्वास्थ्यकर्मी समेत रहेकी सोहि टोलकी बासिन्दा कमला भण्डारीले बताईन ।

पोखरा महानगरपालिका वडा न. ८ मा कार्यरत सोहि टोलकी बासिन्दा सुशिला कुमारी पौडेलले आफ्नो टोलका दिदिबैनीहरुबीच आपसी सम्बन्ध कायम गर्ने, महिला सशक्तिकरणको लागि प्रयास गर्ने र टोलमा महिलाहरु सहित सबैले भोग्नुपर्ने समस्या समाधानका बारेमा छलफल गर्न पनि तीज बिशेष कार्यक्रमको नाममा दिदिबैनीहरुको भेला भएको बताईन।

टोलमा रहेका महिलाहरु स्वतस्फुर्त ढंगले जम्मा भएर मनोरंजन लिनुको साथै महिलाको सशक्तिकरणमा जोड दिएर नेतृत्वदायी भूमिकामा महिलालाई पुर्याउन उत्प्रेरित गर्नको लागि कार्यक्रम उपयोगी भएको राजनीतिकर्मी कमला सुनारको भनाई छ।

कार्यक्रममा सहभागी शिक्षिका निर्मला घिमिरे र इन्द्रेणी सुबेदीले पनि कार्यक्रम उपयोगी र मनोरन्जनात्मक भएको बताए।

१४ भाद्र २०८१, शुक्रबार २१:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा