Play

सार्दीखोलाको महायज्ञमा एक करोड बिस लाख बढी संकलन, लक्ष पुरा हुन भने कठिन

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा न. २ गैरा खेलमैदानमा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ एवं धार्मिक महोत्सवमा बुधबार सम्ममा एक करोड बिस लाख भन्दा बढी दान सहयोग संकलन भएको छ।  भदौ ६ गतेदेखि भदौ १४ गतेसम्म संचालन हुने उक्त महायज्ञमा संकलित रकमबाट स्थानीय बासिन्दाहरुको लागि एकीकृत धार्मिक स्थल निर्माण गर्ने योजना अगाडी सारिएको छ।

जसअनुसार स्थानीय घोप्टेडांडामा एकीकृत धार्मिक स्थलको रुपमा बिकास गर्ने र त्यसका लागि  बिशाल शिब मुर्ति, बुद्ध मन्दिर र क्होईबो धीं निर्माण गर्ने साथै स्थानीय ब्राह्मण, क्षेत्री, गुरुङ, तामांग, मगर लगायतका जातजातीको संस्कृति संरक्षण गर्न पुराना सामग्री सहितको संग्रहालय निर्माण गर्ने लक्ष राखिएको छ।

भुर्जुङखोलाको खाँदरजुङ्गस्थ्ति घोप्टेडाँडालाई बिशेष पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अर्थ संकलन गर्ने प्रमुख उद्देश्यले संचालन गरिएको उक्त महायज्ञबाट ४ करोड रुपैया संकलन गर्ने लक्ष राखिएको भएपनि हालसम्म एक करोड बिस लाख रुपैया मात्र संकलन भएको अर्थ संकलन उपसमितिका सह संयोजक बिपुल शर्माले गुरुकुल खबरलाई जानकारी दिए। अर्थ संकलन उपसमितिका सहसंयोजक शर्माका अनुसार बुधबार मात्र महायज्ञमा २२ लाख ५१ हजार रुपैया संकलन भएको थियो।

“बुधबार सम्ममा महायज्ञमा १ करोड ११ लाख ४० हजार संकलन भएकोमा माछापुच्छ्रे गाउँपालिकाले ९ लाख रुपैया दिने घोषणा गरेकोले कुल १ करोड २० लाख रुपैया भन्दा बढी संकलन भएको मानिएको हो”। सह-संयोजक शर्माले भने महायज्ञमा लक्ष अनुसारको ४ करोड संकलन हुन भने कठिन जस्तै देखिएको छ ।

घोप्टेडांडा क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने लक्ष अन्तर्गत प्रस्तावित संरचना निर्माण गर्न करिब २५ करोड रुपैया खर्च हुने अनुमान गरिएको जानकारी सार्दीखोला-२ का वडाध्यक्ष महायज्ञ आयोजक समितिका  संरक्षक गणेश आचार्यले गुरुकुल खबरलाई जानकारी दिए।

बुधबार महायज्ञ स्थलमा मानिसहरुको उपस्थिति भने उल्लेखनीय रहेको थियो त्यहाँ पुगेका हरु मध्ये नेपाली काँग्रेस कास्की ३ को तर्फबाट ३० हजार, बर्मा कुमार श्रेष्ठबाट २१ हजार ५५५, कासिराम आचार्यबता २५ हजार ५५५, बिजय प्रसाद आचार्यबाट १ लाख १ हजार, पोखरा महानगरपालिका वडा न. १९ बाट ३० हजार, भुर्जुंगखोला परियार आमा समुहबाट ५३ हजार १५०,  भद्रकला कुँवरबाट ५० हजार ५५५, भक्तबहादुर गुरुङ ( हाल, हंगकंग) बाट ५१ हजार २०५ रुपैया सहयोग प्राप्त भएको थियो

यसैगरि जगत बहादुर गुरुङबाट ६५ हजार, चेतनाथ र शारदा आचार्यबाट ५० हजार ५०५, देउराली भजन समूहबाट २५ हजार ५५५, भिम बहादुर गुरुङबाट ५१ हजार, खडानन्द / चन्द्रकला गौतमबाट १ लाख ११ हजार, देब गुरुङबाट २५ हजार ६२५, द्रौपदा आचार्यबाट २५ हजार ५२५, कुन्ती आचार्यबाट ५१ हजार १५१, बोन मार्गी तमु समाजबाट ५५ हजार ५५५, शुरेश र सपना गुरुङ समेतबाट १ लाख ३० हजार ५१५, चुकमाया गुरुङ (हाल बेलायत) बाट ५० हजार ५५५, कविता गुरुङबाट २५ हजार ५५५, अन्नपुर्ण संरक्षन क्षेत्र आयोजन ल्वांगबाट ५० हजार र बिष्णु कुमारी गुरुङ (माइली आमा) बाट ५० हजार ५५५ रुपैया महायज्ञमा दान बापत प्राप्त भएको छ अन्य व्यक्ति र संस्थाले समेत सकेको दान गरिरहेको बुझिएको छ।

पण्डित दिपक प्रसाद पौडेल प्रमुख बाचक रहेको उक्त महायज्ञलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सर्वजित गुरुङ अध्यक्ष र गिरिधारी आचार्य उपाध्यक्ष रहेको मूल आयोजक समिति गठन गर्नुको साथै विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

अर्थ समितिका सहसंयोजक रहेका बिपुल शर्माका अनुसार अर्थसमितिको संयोजकमा टेकराज आचार्य , प्रचार प्रसार संयोजकमा कृष्ण प्रसाद गौतमलाई मनोनित गरिएको छ। यसै गरि सचिबालय ब्यबस्थापन संयोजकमा शेरमान जिसी र प्रसाद ब्यबस्थापन समितिमा माधब आचार्य ( बुढा घरे ) लाइ संयोजक राखिएको र आबश्यकता अनुसार अन्य समिति समेत बनाईने उनले जानकारी दिईन ।

१२ भाद्र २०८१, बुधबार २१:५७ मा प्रकाशित
Nabintech