Play

नृत्य निर्देशक संघले पुषमा राष्ट्रिय भेला गर्ने, राष्ट्रिय नृत्य दिवस घोषणा गर्न माग  

गुरुकुल खबर


पोखरा,  नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको लागि अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको संघका सचिव एबम प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए । सो राष्ट्रिय भेला कोशी प्रदेशमा हुने श्रेष्ठले बताए ।

छलफल कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश ,कोशी प्रदेश,मधेश प्रदेश,गण्डकी प्रदेश ,बागमती प्रदेश र कर्णाली प्रदेशका अध्यक्ष तथा सचिवहरु साथै जिल्ला, नगर, गाउँपालिका अध्यक्ष तथा सचिवहरुको पनि उपस्थिति रहेको संघका सह-कोषाध्यक्ष केशब कोइरालाले गुरुकुल खबरलाई बताए ।

गण्डकी प्रदेशको व्यवस्थापनमा आयोजना गरिएको सो छलफल कार्यक्रमको प्रथम चरणको कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको प्रमुख आतिथ्यता र संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपकुलपती गोरे गुरुङले सम्पूर्ण नृत्य निर्देशकहरुले नृत्य सम्बन्धि अध्ययन र अनुसन्धान गर्दै विद्यार्थीहरुलाई प्रशिक्षण गराउनु पर्ने बताए । संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नेपाल सरकारबाट राष्ट्रिय नृत्य दिवस घोषणाका लागि देशैभरका नृत्य निर्देशकहरु एकजुट भई अगाडी बढ्नुपर्ने बताए ।

करिब १२ घण्टा भएको उक्त छलफलमा सबै प्रदेश ,जिल्ला ,नगरका अध्यक्ष र सचिवहरुले आ-आफ्नो योजनाहरु प्रस्तुत गरेको संघका कार्यसमिति सदस्य बुद्ध लामाले बताए । उक्त छलफल कार्यक्रममा बनेका मूल समारोह समिति लगायत उपसमितिहरुले आ-आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्ने र कार्यक्रम सफल हुने बिस्वास संघका केन्द्रीय महिला उपाध्यक्ष भावना कार्कीले गरिन ।

५ भाद्र २०८१, बुधबार १०:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा