Play

जनप्रतिनिधिको लागि कांग्रेसले जारी गर्यो ‘निर्देशिका’

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसले विभिन्न तहमा निर्बाचित जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यले जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका जारी गरेको छ । पार्टीको काठमाडौँमा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिका प्रस्तुत गरेका हुन् ।

एक्काइस बुँदा रहेको उक्त निर्देशिकामा कानुनअनुसार अनिवार्य, नियमित र निर्धारित समयमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । यस्तै जनप्रतिनिधिहरु फजुल खर्च, भ्रष्टाचार, अनियमितता, अपारदर्शिता, जवाफदेही नहुनेजस्ता बेथितिमा सरिक हुन नपाइने पनि  निर्देशिकामा उल्लेख छ ।

मिडिया या हरेक नागरिकको सूचनाको हक कदर गर्दै कानुनतः मिल्ने सूचना र प्रस्टीकरण अनिवार्यसँग राख्नुपर्ने ब्यबस्था निर्देशिकामा उल्लेख छ, “आफ्नाबारेमा उब्जिएका प्रश्न या प्रकाशित समाचारलाई लिएर तिक्त प्रतिक्रिया नजनाई संयमले सम्बोधन गर्नुपर्ने कुरा पनि निर्देशिकामा रहेको छ। मिडियामैत्री व्यवहार अनिवार्य पालना गर्ने र समाचार विवरण गलत छ भने खण्डन या कारबाहीसम्बन्धी स्थापित विधि पछ्याउने कुरामा जनप्रतिनिधि गम्भीर बन्ने कुरा समेत उक्त निर्देशिकामा उल्लेख छ।

२४ श्रावण २०८१, बिहीबार १८:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा