Play

बाग्लुंगमा पहिरोमा परि आठको मृत्यु, प्रदेश सांसद शेरचनको समन्वयमा हेलिकोप्टर पठाइयो

पिडितलाई तत्काल राहत उपलब्ध गराउन, घाइतेको उपचार गर्न र जोखिमपूर्ण बस्ति स्थानान्तरण गर्न शेरचनको माग


गुरुकुल खबर


काठमाडौँ,  गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ। बाग्लुंग जिल्लाको बडिगाड गाउँपालिका वडा न.  ९ र १० मा गएको पहिरोमा परि आठ जनाको मृत्यु भएको र चार जना घाइते भएको नेपाली काँग्रेस बाग्लुंगका सभापति समेत रहेका गण्डकी प्रदेशका सांसद जित शेरचनले जानकारी दिए।

पहिरो गएको क्षेत्र बाग्लुंगको बिकट क्षेत्र रहेको कारण पहिरोमा परेका पिडितको उद्वार गर्न काठमाडौँबाट हेलिकोप्टर पठाईएको उनले बताए। “गृह मन्त्रालय संग समन्वय गरेर केहि समय अगाडी मात्र पहिरो पिडितको उद्वारको लागि उद्वारकर्मीको टोलि सहित हेलिकोप्टर गएको छ।” काठमाडौँमा रहेका प्रदेश सांसद शेरचनले गुरुकुल खबरसंग कुरा गर्दै ठुलो पानि परेको कारण बाढी आउँदा त्यस क्षेत्रमा पहिरो गएको बताए।

सांसद शेरचनका अनुसार वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा वडा नम्बर १० का ७ वर्षकी मालती बुढा, सोही उमेरकी मधु बुढा, १२ वर्षका मनोज बुढा, सोही उमेरका अमन बुढा, सञ्जु विककी ६ महिनाकी छोरी र ५९ वर्षकी मैतीदेवी बिक र वडा न. ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेत रहेको बाग्लुंगका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले बताए ।

उक्त पहिरोमा परि गम्भीर घाइते हुनेमा संगीता बुढा, सुमित्रा बिक, सीता थापा र  मङ्गलसिंह बुढा रहेका छन् ।

यसैबीच प्रदेश सांसद शेरचनले मृतकका परिवारलाई संघ सरकार र प्रदेश सरकारले उपलब्ध गराउने राहत रकम तत्काल उपलब्ध गराउने ब्यबस्था गर्न, घाइतेहरुको तत्काल उपचारको ब्यबस्था गर्न र सम्भावित जोखिम रहेको क्षेत्रका स्थानीय बासिन्दालाई यथाशिघ्र सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसंग माग गरेका छन।

 

२२ श्रावण २०८१, मंगलवार १६:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा