Play

जिल्ला समन्वय समितिले भोग्ने नीतिगत समस्या समाधानमा पहल गर्छु- मन्त्री भट्टराई

गुरुकुल खबर


पोखरा, जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं  स्थापना दिवस मनाएको छ। कार्यक्रमको उद्घाटन गर्दै नेपाल  सरकारका शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्री बिद्या भट्टराईले जिल्ला समन्वय समितिका काम थप प्रभाबकारी बनाउन आफ्नो तवरबाट प्रयत्नशिल रहने भन्दै नितिगत अप्ठ्यारो हटाउन सरकारको ध्यानाकर्षण गराउने बताइन ।

बिकास निर्माणलाई उत्कृष्ट बनाउन  जिल्ला समन्वय समिति  अति आबश्यक भएको  भन्दै उनले आबश्यक ऎन ,कानुन , नीति निर्माणमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरोकारवाला मन्त्रालयलाई जानकारी गराउने उल्लेख गरिन।

प्रस्तावित शिक्षा ऎनलाई परिमार्जन सहित जारी गर्ने सोचाईमा आँफु रहेको बताउंदै मन्त्री भट्टराईले ऎनको प्रभावकारी कार्यान्वयन मार्फत समस्या समाधानमा केन्द्रित हुने दाबि गरिन। शिक्षामा हाम्रो होइन  राम्रो मान्छेले नेतृत्व गर्ने परिपाटी बसाल्ने भन्दै मन्त्री भट्टराईले हाम्रा बिश्वबिद्धालय र शिक्षा  सक्षम र सबल छ्न भन्ने सन्देश निर्माणमा लागि पर्ने  प्रतिबद्धता व्यक्त गरिन।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले संबैधानिक ब्यबस्था अनुसार कार्य  सम्पादनमा कानुन अभाब महशुस भएको उल्लेख्य गर्दै यस बारेमा  संघ र प्रदेश सरकारको पटकपटक ध्यानाकर्षण गराएको  बताए ।

कार्यक्रममा संघीयतामा जिल्ला समन्वय समितिको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गर्दै अधिबक्ता गिरिधारी सुबेदिले संघीयटालाई प्रभाबकारी बनाउन जिसस लाई बलियो अनुगमनकारी र नियामक निकायको रूपमा स्थापित गर्नुपर्ने र संघ सरकार र प्रदेशले संविधान बमोजिम बनाउनुपर्ने बताए।

उक्त अबसरमा जिल्लाका उत्कृष्ट कर्मचारी तथा एसइइ परिक्षामा उत्कृष्ट हुने विद्यार्थी र बिद्यालयहरूलाइ नगद र कदरपत्रले सम्मान समेत गरिएको थियो। सम्मानित हुने कर्मचारीहरूमा अन्नपूर्ण गाउँपालिकाका कार्यालय सहयोगी ओम प्रसाद अधिकारी, रूपा गाउँपालिकाका लेखापाल लेखनाथ अधिकारी, मादीका जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बराल, पोखरा महानगरका शाखा अधिकृत खुमलाल लामिछने, माछापुच्छ्रेका कार्यालय सहयोगी इश्वरी रानाभाट, बिद्यार्थितर्फ अन्नपूर्णका प्रबिण कुवर, माछापुच्छ्रेका पर्बत दाहाल र सौगात रेग्मी, मादिका रेजिना बिश्वकर्मा, रूपाका आभार पौडेल पोखराका अनन्या गौतम र निलिमा रेग्मी, बिद्यालय तर्फ अन्नपूर्ण गाउँपालिकाबाट सृजना मा बि, माछापुच्छ्रेबाट माछापुच्छ्रे मा बि, मादिबाट ध्रुब मा बि, रूपाबाट बिश्वशान्ती मा बि र पोखराबाट बिन्ध्यबासिनी मा बि सम्मानित भएका छन।

सो कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ,  जिसस महासंघका केन्द्रिय सदस्य  अमर बहादुर थापा गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिसस कास्कीका पूर्ब प्रमुख तथा नेकपा ( एमाले ) कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी, कास्कीका पूर्ब जिबिस सभापति पुण्य प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना, जनता समाजबादी पार्टी कास्कीका अध्यक्ष हर्क बहादुर गुरुङ, नेकपा समाजबादी कास्कीका अध्यक्ष खड्ग हमाल लगायत विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। जिसस कास्कीका  प्रमुख लिलाधार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप -प्रमुख सरिता मालले स्वागत र जिल्ला समन्वय अधिकारी नवराज बरालले कार्यक्रम संचालन गरेका थिए।

२० श्रावण २०८१, आईतवार १९:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा