Play

ओली नेतृत्वको सरकारमा तिन राज्यमन्त्री थप, कांग्रेसकी रुपा एकमात्र दलित समुदायको प्रतिनिधि

गुरुकुल खबर


पोखरा,  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा मन्त्रीमण्डलमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका गरि तीन जना राज्यमन्त्री नियुक्त गरिएको छ। २२ सदस्य रहेको मन्त्रीमण्डलमा तिन जना राज्यमन्त्री नियुक्ति संगै  मन्त्रिपरिषदले पूर्णता पाएको छ।

नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसदद्वय पूर्णबहादुर तामाङ (कान्छाराम) र रूपा विक अनि नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सांसद अरूणकुमार चौधरीलाई राज्यमन्त्री नियुक्त गरिएको हो। तामाङ ऊर्जा राज्यमन्त्री, विक वन तथा वातावरण राज्यमन्त्री र चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषदमा तामाङ, विक र चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

यो मनोनयन पछि केपी शर्मा ओली नेतृत्वको अहिलेको संघीय सरकारमा प्रतिनिधित्व नरहेको दलित समुदायको तर्फबाट पनि प्रतिनिधोत्व भएको छ ।  मुलुकको १४ प्रतिशत जनसंख्या भएका दलित समुदायलाई मन्त्रिपरिषदमा छुटाइएकोमा  सार्बजनिक रुपमा आलोचना समेत भएको थियो।

अहिले ओलीको मन्त्रीमण्डलमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य रूपा विक वन तथा वातावरण राज्यमन्त्री बनेर दलितको तर्फबाट प्रतिनिधित्व गर्ने एक्लो महिला बन्न पुगेकी छन दलित समुदायबाट पुरुषको समेत प्रतिनिधित्व छैन ।

नब नियुक्त राज्यमन्त्री रुपा बिक कांग्रेसको २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनी पाल्पाबाट समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य छिन। रूपा पार्टीभित्र सभापति शेरबहादुर देउवानिकट मनिन्छिन । उनी २०४२ असोज २३ गते पाल्पामा जन्मिएकी हुन्। २०५९ सालदेखि उनी कांग्रेसमा सक्रिय रूपमा लागेकी थिइन्। त्‍यसअघि नेविसंघ, महिला संघ लगायतमा पनि सक्रिय थिइन्।  कांग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, नेपाल दलित संघको चौथो अधिवेशनबाट केन्द्रीय सदस्य पनि भएकी थिइन।

राज्यमन्त्रीमा नियुक्त तामांग रामेछापका हुन् भने चौधरी कैलालीका हुन । तामाङ २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनका बेला रामेछाप सभापति निर्वाचित भएका थिए। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। २०७९ मंसिरमा भएको निर्वाचनमा उनी रामेछापबाट  सांसदमा निर्वाचित भएका हुन्। नाउपाका चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

राज्यमन्त्रीहरूलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था छ। राज्यमन्त्रीहरू मन्त्रिपरिषद बैठकमा भने सहभागी हुन पाउँदैनन्। संघीय सरकारमा कांग्रेसका १० जना, प्रधानमन्त्रीसहित ९ जना, जनता समाजवादीका २ जना, लोसपाका एक जना मन्त्री छन्।

१८ श्रावण २०८१, शुक्रबार १७:३८ मा प्रकाशित
Nabintech