Play

अनलाइनकर्मी सुबेदीलाई कुट्नुपर्ने भन्दै मन्त्री मनांगेको धम्की, पत्रकारका संस्थाहरुको बिरोध

गुरुकुल खबर


पोखरा,  गण्डकी प्रदेशभा भौतिक पूर्वाधारमन्त्री दीपक मनाङेले अनलाइनखबरका पोखरा ब्यूरो प्रमुख अमृत सुवेदीलाई आक्रमण गर्ने धम्की दिएका छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले सुवेदीलाई पिट्नुपर्ने अभिव्यक्ति दिएका हुन् । शुक्रबार आफू गञ्जी लगाएर कार्यालय आएकोबारे समाचार लेखेको भन्दै मनाङेले सुवेदीको नामै लिएर पिट्नुपर्ने बताएका हुन् ।आइतबार यातायात व्यवसायीहरुले आन्दोलन गरेका बेला पोखरामा आन्दोलनकारीले पत्रकारहरु बिनु थापा र सुरज थापामाथि आक्रमण गरेका थिए । त्यही विषयमा प्रतिक्रिया दिने क्रममा मनाङेले सुवेदीलाई नपिटेर सोझा पत्रकार पिटेको टिप्पणी गरेका हुन् ।

मन्त्री मनाङेको टिप्पणीप्रति नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश समितिले विरोध जनाएको छ । महासंघले गण्डकी प्रदेश सरकारको पत्रकारप्रतिको दृष्टिकोण मन्त्री मनाङे मार्फत सार्वजनिक भएको त होइन भन्ने प्रश्न गरेको छ।

महासचिव गोविन्द सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो अभिव्यक्ति दिने मन्त्री उपर कारबाही गर्दै कानुनी राज्यको प्रत्याभूति दिन गण्डकी प्रदेश सरकारसँग महासंघ जोडदार माग गर्दछ।’

नेपाल प्रेस युनियनको गण्डकी प्रदेश समितिले पनि मन्त्री मनाङेको अभिव्यक्तिको विरोध जनाएको छ।

मन्त्री मनाङेको अभिवयक्तिका कारण पत्रकारहरुमा असुरक्षा बढेको भन्दै महासचिव प्रकाश ढकालले जिम्मेवार तहमा बसेका व्यक्तिबाटै अराजक अभिव्यक्ति आउनु लोकतन्त्रको भद्दा मजाक भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

युनियनले मन्त्री मनाङेले मानव अधिकार र प्रेस स्वतन्त्रताविरोधि अभिव्यक्ति दिएको भन्दै उनलाई कानुनी कारबाहीको माग गरेको छ।

१३ श्रावण २०८१, आईतवार २१:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा