Play

सार्बजनिक यातायात ब्यबसायी आन्दोलित, पत्रकार माथि पनि कुटपिट र साधन तोडफोड (भिडिओ)

पत्रकार बिना थापा र सुरज थापा चढेको स्कुटर तोडफोड, थापामाथि आक्रमण


गुरुकुल खबर


पोखरा, सार्बजनिक यातायात ब्यबसायीहरुले विभिन्न माग राखेर शुरु गरेको आन्दोलनका कारण पोखराको पृथ्वीचोक क्षेत्रमा तनाबपूर्ण बाताबरण सिर्जना भएको छ ।

मुख्य गरि रातो प्लेटका दुई पांग्रे र चार पांग्रे सवारी साधनले राईड शेयारिंग सेवा संचालन गरेको बिरोधमा यातायात ब्यबसायीहरु बिरोधमा उत्रिएका हुन । उनीहरुले आइतबार सम्म आफ्नो माग पुरा नभए आन्दोलन शुरु गर्ने र सार्बजनिक यातायात नै ठप्प पार्ने चेतावनी यस अगाडी नै दिएका थिए।

यसै क्रममा राइड शेयरिङ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले पोखराको  पृथ्वीचोकमा ग २० प  ३९७३ को स्कुटर तोडफोड गरेको समाचार छ ।

संचारकर्मी बिना थापा र सुरज थापा माथि दुर्व्यवहार गर्दै सार्वजनिक सवारीका चालकहरूले सुरज थापाको स्कुटरमा तोडफोड गरेको बताइएको छ।

आन्दोलनरत पक्षले पत्रकार र अन्य सर्वसाधारणमाथि पनि दुर्व्यवहार र हुलहुज्जत गरिरहेको तर स्थानीय क्षेत्रमा रहेका प्रहरी सुरक्षाकर्मी समेत मुकदर्शक बनेको बताइएको छ ।

१३ श्रावण २०८१, आईतवार १२:१९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा