Play

न्युयोर्कमा २११ औं भानुजयन्ती: भानुको चर्चासंगै श्रष्टा शारदा क्षेत्रीका दुई कृतिको समिक्षा

गुरुकुल खबर


  • शकुन्तला ज्ञवाली / न्युयोर्क

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा २११ औं भानुजयन्ती तथा च्याप्टर कार्यसमितीका सदस्य समेत रहेकी साहित्यकार शारदा क्षेत्रीको गजल संग्रह “स्मृतिका पानाहरु”र मुक्तक संग्रह “ आँशुको उपहार” को समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। आदिकबि भानुभक्त आचार्यको परिचयात्मक बिवरण, बिभिन्न स्रष्टाहरुबाट गजल तथा कबिता बाचन, साहित्यकार शारदा क्षेत्रीको गजल र मुक्तकको समिक्षा, श्रष्टासम्मान आदि कार्यक्रमहरू समावेश गरिएको थियो ।

न्युयोर्कको ज्याक्सन हाइटमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद एबम साहित्यकार डा. गोविन्द कोईराला रहेका थिए भने बिशेष अतिथिहरुमा अनेसास केन्द्रका उपाध्यक्ष साहित्यकार राजेन्द्र श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष साहित्यकार आनन्द श्रेष्ठ रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि, अध्यक्ष, बिशेष अतिथिले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा पुष्पार्पण गरी आदिकवि प्रति श्रद्धासुमन अर्पण गर्नुको साथै प्रमुख अतिथि डा. कोईरालाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रमको शुरुमा च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठका साथ उपस्थित समुहद्वारा सामूहिक रुपमा नेपाली राष्ट्रियगान र अमेरीकी राष्ट्रियगान प्रस्तुत गरिएको थियो।

कार्यक्रममा अनेसास न्युयोर्क च्याप्टरका महासचिव साहित्यकार नदिया लिबांगले कार्यक्रममा उपस्थितलाई स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने अनेसास न्युयोर्क च्याप्टरका पूर्ब अध्यक्ष एबम केन्द्रका निबर्तमान कोषाध्यक्ष साहित्यकार विकाश बिष्टले आदिकबि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्व सहित चर्चा गरेका थिए ।

कार्यक्रममा श्रष्टा शारदा क्षेत्रीलाई प्रमुख अतिथि डा. गोविन्द कोईराला र च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठले सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । सम्मान गर्ने क्रममा च्याप्टरका उपाध्यक्ष जानुका वस्ती ढकाल, महासचिव नदिया लिबांग र सदस्य राधिका श्रेष्ठले पनि च्याप्टरको तर्फबाट दोसल्ला ओढाई सम्मान गरेका थिए। श्रष्टालाई सम्मान गर्ने क्रममा कार्यक्रममा उपस्थित सहभागीले खादा, दोसल्ला र पुष्प गुच्छाले सम्मान ब्यक्त गरेका थिए।

श्रष्टा क्षेत्रीका दुई कृतिहरु “स्मृतिका पानाहरु” ग़ज़ल संग्रह तथा “आँशुको उपहार” मुक्तक संग्रहको समिक्षा साहित्यकार आनन्द श्रेष्ठले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. गोविन्द कोईराला, बिशेष अतिथि साहित्यकार राजेन्द्र श्रेष्ठ, अनेसासका ट्रस्टीसदस्य ज्योती राई, कलाकार अभय ढुंगेल, समाजसेवी सोमनाथ घिमिरे, साहित्यकार पद्मा लिंखामगर, अनेसासका आजिवन सदस्य एबं पत्रकार विष्णुसिंह बैजु, च्याप्टरका पूर्ब अध्यक्ष साहित्यकार पूनम काफ्ले, पूर्ब उपाध्यक्ष साहित्यकार शान्ता घिमिरे, पूर्ब कोषाध्यक्ष वेदा खरेल, पेन्सलभेनिया च्याप्टरका पूर्ब अध्यक्ष साहित्यकार कुन्ति थापा, बर्तमान न्युयोर्क च्याप्टरका उपाध्यक्ष जानुका वस्ती ढकाल, सदस्य राधिका श्रेष्ठले श्रष्टालाई शुभकामना प्रकट गर्दै आआफ्नो रचना पनि वाचन गरेका थिए।

उक्त कार्यक्रमको अध्यक्षता अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठले गरेकी थिईन उनले कार्यक्रममा उपस्थित सबैलाई आभार प्रकट गरिन । तिन घण्टा भन्दा लामो समय सम्म साहित्यकारका बिबिध रचना सुनेर तथा आदिकाबी भानुभक्तको बारेमा चर्चा गरिएको उक्त कार्यक्रमको संचालन संचालन अनेसास न्युयोर्क च्याप्टरका पूर्ब अध्यक्ष र हाल केन्द्रका सदस्य रहेकी बहु-प्रतिभाशाली व्यक्तित्व शकुन ज्ञवालीले गरेकी थिईन ।

 

१० श्रावण २०८१, बिहीबार ०८:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा