Play

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्थाबाट पछि हट्यो सरकार

गुरुकुल खबर


पोखरा, नेपाल सरकार गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लिने सर्बसाधारणको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको प्रस्ट पारेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७५३ वटै स्थानीय तहलाई पत्र लेख्दै यसअघि जेठ २४ मा सरकारले गरेको निर्णय परिबर्तन गरि हाललाई सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जनाएको हो ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिनको लागि पनि राष्ट्रिय परिचयपत्र अनिबार्य गर्ने भनि गत जेठ २४ गते निर्णय गरेको थियो उक्त निर्णय पछि सबै जिल्ला स्थित जिल्ला प्रसाशन कार्यालयमा बृद्ध बृद्धा सहित सबै सेवाग्राहीको भीड लाग्दै आएको थियो। त्यस पछि सरकारको उक्त निर्णयको सर्बसाधारणको तहमा आलोचना समेत बढेको थियो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले सोमबार जारी गरेको सुचनामा भनिएको छ ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८१ जेठ २४ मा सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र (एनआइडी) अनिवार्य गर्ने निर्णय भई २०८१ साल असार १० गतेको राजपत्रमा सूचना प्रकाशन भएकोमा देशभर निरन्तर परेको वर्षाका कारण ठाँउठाँउमा बाढी, पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकाले उक्त प्रयोजनका लागि हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयलाई निर्देशन दिने’।,

अब भने दुर्गम र बिकट गाउँमा रहेका बृद्ध बृद्धाहरलाई यो निर्णयले तत्कालको लागि राहत पुगेको छ ।

८ श्रावण २०८१, मंगलवार ११:१७ मा प्रकाशित
Nabintech