Play

पोखराको बोलबम पदयात्रा तेईसौं बर्षमा, साउनको हरेक सोमबार २५ हजार दर्शनार्थी सहभागी बन्ने

गुरुकुल खबर


पोखरा, पोखरा ,महानगरपालिका क्षेत्रमा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बोलबम यात्रा हुने भएको छ । पोखरामा  आज भन्दा २३ वर्ष अगाडी बोलबम देवादीदेब महादेव आशुतोषको बिशेष अनुष्ठान गरेर बोलबम पदयात्रा प्रारम्भ गरिएको थियो ।

पोखरा महानगरपालिका -१ बगर नजिक शुक्लागण्डकीको पबित्र जल पोखराको शिरभाग मानिएको गाईघाटबाट जल  लिएर पदयात्रा गर्दै पोखरा -६ बैदाम स्थित केदारेश्वर महादेव मन्दिरमा पुगेर जल बिसर्जन गरिंदै आएको छ। केदारेश्वर महादेव मन्दिरलाई स्वर्गद्वारी महाप्रभुका अनन्यभक्त शंकरानन्द स्वामीद्वारा १ सय ५० वर्ष अगाडी स्थापना गरिएको मानिन्छ। केदारेश्वर महादेव मन्दिर स्थापनाको १ सय ५० वर्ष पुगेको भएपनि उक्त मन्दिरमा बोलबम यात्रा शुरु हुन लागेको २३ वर्षमात्र पुगेको छ ।

पोखराको गाईघाट, बगरबाट शुरुहुने बोलबम पदयात्रामा भगवान केदारेश्वरको रथ, नौमती बाजा, विभिन्न सांस्कृतिक समुहद्वारा भजनकिर्तन र झाँकी एबम जलाघडा सहितको प्रदर्शन गरिने जानकारी केदारेश्वर महादेव मन्दिरका पिठाधीस समेत रहेका स्वामी चित्धन चैतन्य महाराजले गुरुकुल खबरलाई जानकारी दिए ।

केदारेश्वार महादेव मन्दिरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वामी चित्धन चैतन्य महाराजले साउनको हरेक सोमबार हुने बोलबम पदयात्रामा २५ हजारको हाराहारीमा दर्शनार्थीहरुको उपस्थितो रहने जानकारी दिए।

बिहान सबेरैबाट मन्दिरमा आएर दुध र सेती नदीको जल चढाउने, मध्यान्हमा बिशेष पुजा र रुद्राभिशेकमा सहभागी बन्ने एबम साँझपख मन्दिरमा हुने आरतीमा सहभागी हुनेको संख्या उल्लेखनीय हुने अनुमान गरिएको उनले बताए ।

२३ वर्ष अगाडी पोखरामा बोलबम शुरु भएको र त्यसपछि काठमाडौँ लगायत अन्य स्थानमा समेत बोलबम यात्रा शुरु भएको जानकारी दिंदै स्वामी चैतन्यले बिहान ७ बजे सेति नदिको गाइघाटमा नेपाली सेना सहितका सुरक्षाकर्मिको उद्दार टोलि रहने बताए। केहि वर्ष अगाडी सेती नदीको जल भर्न र स्नान गर्न जाने क्रममा केहीको मृत्यु समेत भएको कारण उद्दार टोलि राख्न लागिएको हो ।

सेती नदीको जल लिएर आउने क्रममा बजारको विभिन्न स्थानमा सर्वत पानि, कागती पानी, मिश्री पानी समेत पदयात्रु हरुलाई उपलब्ध गराइने र मन्दिरमा आउने जति सबैलाई प्रसाद ( खाना ) खुवाउने ब्यबस्ठा रहेको छ। उक्त व्यबस्थाको लागि मितेरी नारी समूह, मारवाडी सेवा समाज, भारतीय ब्यबसायी समिति र रामजी बानिया सहितको समूहले सहयोग गर्ने भएका छन ।

साउनको सोमबार हुने बोलबम पदयात्राका सहभागीहरुलाई जलार्पण गर्नको लागि सहज बनाउन स्वयमसेवक परिचालन गरिने छ भने मन्दिर परिशरमा आयोजित बिशेष मन्चबाट राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान, विश्व हिन्दु महासंघ सांस्कृतिक समूह  र विभिन्न भजन समूहले भजन प्रस्तुत गर्ने र स्वामी चैतन्य महाराज सहित धेमिक व्यक्तित्वहरुबाट बोलबम, भगवान भोलेनाथ र सनातन परम्परामा आधारित प्रवचन गरिने कार्यक्रम रहेको बोलबम पदयात्रा कार्यक्रमका संयोजक शंकर खरालले जानकारी दिए ।

शनिबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोलबम यात्रा कार्यक्रमका प्रचार संयोजक दुर्गा अधिकारी, प्रेस सेन्टरका पोखरा महानगर संयोजक शिवराज बस्ताकोटी समेतले आआफ्नो भनाई राख्दै धार्मिक विधामा रिपोर्टिंग गर्ने पत्रकारहरुको पनि संस्था बनाउन आबश्यक रहेको बताएका थिए । (तस्बिर तीर्थ केसी)

५ श्रावण २०८१, शनिबार २३:०९ मा प्रकाशित
Nabintech