Play

एलपी ग्यास बिक्रेता संघको पदस्थापन, सवारी जाँचको नाममा व्यवसायीलाई दुःख नदेउ-कोइराला

गुरुकुल खबर


पोखरा, एलपी ग्यास बिक्रेता संघ कास्कीको १६ औ वार्षिक साधारण सभा तथा छैर्टौं अधिवेशनले नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित गरेको छ नबनिर्बाचित कार्यसमितिको अध्यक्षमा नारायणदत्त दाहाल तथा निवर्तमान अध्यक्षमा बालकृष्ण कोइराला रहेको छन।

समितिको उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा हरिकृण अधिकारी, कोषाध्यक्षमा किरणकृष्ण तिवारी, सहसचिवमा गंगाधर बराल र सदस्यहरुमा विक्रम नेपाली, सुृरज गुरुङ, खिमराज आचार्य, सन्तबहादुर लामिछाने, दीनेश कार्की र पूर्णबहादु थापा निर्बिरोध चयन भएका छन ।

एलपी ग्यास बिक्रेता संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम पनि हालै सम्पन्न भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्बाचन समितिका संयोजक रहेका नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गराएका हुन् ।

पदस्थापना कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यवसायीहरुले आफू पनि उपभोक्ता हो भन्ने कुरा बिर्सन नहुने बताए । उनले ग्यास अत्यावश्यक बस्तु भएकाले त्यसको बिक्री वितरणलाई सुरक्षित र सरल बनाउनुपर्नेमा पनि जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दायर गरेका मुद्दाहरु हेर्दा थोरैमात्र व्यवसायी र धेरै कर्मचारी तथा जनप्रतिनिधि परेको बताए । यसै सन्दर्भमा उनले जनप्रतिनिधिहरुलाई सचेत गराउन समेत आग्रह गरे ।

उनले ट्राफिक प्रहरीको गलत रवैयाका कारण व्यवसायीहरु मर्कामा परेको जिकिर गर्दै प्रहरीले थुनुवाहरुलाई ट्रकमा कोचेर अदालत लैजाने, प्रहरी प्रमुख तथा विशिष्ठ व्यक्तिको सुरक्षामा खटिने प्रहरी भ्यानको पछाडि बस्न हुने तर व्यवसायीहरुले सामान सुरक्षित गर्नको लागि गाडीमा छत राख्दाजरिवाना तिर्ने अबस्था आउनु गलत भएको बताए।

कोइरालाले सडकको घुम्ती र कुनोमा बसेर ट्राफिकले सवारी जाँच गर्ने र सामान्य बहानामा पनि ट्राफिक प्रहरीले जरिवाना तिराउने गरेको जिकिर गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी सदस्य रामकाली खड्का, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यमनाथ पौडेल, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष धुवबाबु भट्टराई, एलपी ग्यास बिक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद पौडेल, एलपी ग्यास बिक्रेता संघका निवर्तमान अध्यक्ष बालकृष्ण कोइराला, नवनिर्वाचित अध्यक्ष नारायणदत्त दाहालसहित कार्यसमिति सदस्य सन्तबहादुर लामिछानेले आआफ्नो भनाई राखेका थिए ।

 

५ श्रावण २०८१, शनिबार २१:३६ मा प्रकाशित
Nabintech