Play

पहिरोका कारण बाग्लुंगमा महिलाको मृत्यु, पृथ्वीराजमार्गको मौवाखोलामा पहिरो, सडक अबरुद्द

गुरुकुल खबर


पोखरा । केहि दिनदेखि परेको बर्षाका कारण ठाउँ ठाउँमा बाढी र पहिरोबाट क्षति भएका घटनाहरु सार्बजनिक भैरहेका छन यसक्रममा बागलुङमा पहिरोले घर पुरिँदा  गए राति एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा राती घर माथिबाट पहिरो खसेको र सोहि पहिरोमा पुरिएर ५५ वर्षीय खिलकुमारी शर्माको मृत्यु भएको हो ।

उनी घरमा एक्लै बस्ने गरेको कारण घटनाको बारेमा अरुले तत्काल जानकारी समेत पाउन नसकेको बुझिएको छ ।

प्रहरीलाई  बिहिबार बिहान मात्रै खबर पुगेपछि उद्वारको लागि र घटनास्थल जाँदै गरेको बागलुङ प्रहरीले जनाएको छ।

यसैगरी चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा बिहिबार बिहान पहिरोे खस्दा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । अबरुद्द राजमार्ग सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर खुलाउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने भएको कारण  ।  गन्तव्यमा हिँडेका सवारी साधन राजमार्गमा नै रोकिएका छन।

सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने क्रम जारी छ ।

२७ असार २०८१, बिहीबार ०८:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा