Play

पूर्णरुपमा अबरुद्द बनेको पृथ्वीराजमार्ग खुला, सवारी आवागमन सुचारु

गुरुकुल खबर


पोखरा । अविरल बर्षाका कारण पहिरो खसेपछि पोखरा – काठमाडौँ आवत जावत गर्ने पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध भएकोमा भर्खरै मात्र खुलेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ मौरीओढारमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको थियो ।

सडकमा अवरोध भएपछि पोखरातर्फ आउने र पोखरालगायतका ठाउँबाट अन्यत्र गन्तव्यमा हिँडेका सयौँ सवारीसाधान अलपत्र परेका थिए ।

डोजर सहितको प्रहरी टोली घटनास्थलमा पुगेको भएपनि पानी नरोकिएका कारण पहिरो पन्छाउन कठिन भएको डीएसपी दीपककुमार रायले बताएका थिए तर अहिले भने राजमार्गको पहिरो पन्छाएर सडक खुला गरिएको ट्राफिक प्रहरी (१०३ ) ले जनाएको छ ।

२६ असार २०८१, बुधबार ११:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा