Play

गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती पोखरामा पनि मनाइयो

गुरुकुल खबर


पोखरा, नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक एबम नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सताब्दी जन्म जयन्ती बिबिध कार्यक्रम गरि मनाउने क्रममा पोखरामा पनि जीपी फाउन्डेसनले एक कार्यक्रमको आयोजना गर्यो ।

जीपी फाउन्डेसन कास्कीले पोखरा -१८  स्थित चिसाखोला बेद बिध्याश्रममा अध्ययनरत बटुकहरुलाई भोजन खुवाउनुको साथै एक प्रवचन कार्यक्रमको आयोजना गरि कोइरालाको व्यक्तित्व र प्रजातन्त्रको स्थापना एबम संस्थागत बिकासमा वहाँले पुर्याउनुभएको योगदानको बारेमा चर्चा गरिएको थियो।

जीपी फाउन्डेसन कास्की जिल्लाका संयाेजक समेत रहेका काँग्रेस नेता विजयराज आचार्यकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रममा स्व. कोइरालाको जिवनी माथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेकी फाउन्डेसनका गण्डकी प्रदेश संयाेजक शारदा पाैडेलले प्रकाश पारेकी थिइन।

कार्यक्रममा बिध्यापिठका संयाेजक माेक्षनाथ तिमिल्सिना, नेपाल किसान महासंघका प्रदेश कोषाध्यक्ष फणिन्द्रराज पराजुली  लगायतले गिरिजाप्रसाद कोइरालाले पार्टी संगठन र मुलुकको लागि अनि प्रजातन्त्रको लागि गरेको योगदान बारेमा चर्चा गरेका थिए । उक्त कार्यक्रममा फाउन्डेसनका सदस्य शिवराज बास्ताेलाले सहभागीलाइ स्वागत र सचिव सुवास सिग्देलले कार्यक्रमको संचालन गरेका थिए ।

१८ असार २०८१, मंगलवार २२:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा