Play

अमेरिकाको मेरिल्याण्डमा कलाकारहरुको जमघट, कार्यक्रम ऐतिहासिक बन्यो- इनास

गुरुकुल खबर


बाल्टिमोर (अमेरिका), अमेरिकाको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने कलाकारहरुको जमघट सहितको रमाइलो कार्यक्रम हालै सम्पन्न भएको छ। अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुको संस्था इनास मेरिल्याण्डले आयोजना गरेको एक कार्यक्रमका कारण मेरिल्याण्ड क्षेत्रका मात्र नभएर छिमेकी राज्यबाट समेत कलाकारहरु उक्त कार्यक्रममा पुगेका थिए ।

बाल्टिमोरस्थित मेरील्याण्डमा रहेको पेरीहल पार्कमा गत शनिबार अर्थात जुन  ८ को दिन नेपालमा लोकप्रिय कलाकारहरु तथा अमेरिकामा बसोबास गरिरहेका कलाकारहरुका लागि ऐतिहासिक दिन जस्तै बनेको थियो । उक्त दिन रमणिय पेरीहल पार्कमा घरदेशदेखि परदेशसम्मका कलाकारको जमघट सांचिकै उल्लेखनीय रहेको थियो ।

गीत, संगीत, अभिनयसहितका विधामा चर्चा कमाएका कलाकारहरुले आफ्नै आफ्नै किसिमले मनोरंजन लिने र अरुलाई मनोरंजन गराउनमा ब्यस्त थिए  कोहि टिकटक बनाउन कोहि नाच्न र गाउन कोहि आफ्नो सुख दुख साथीभाई संग शेयर गर्न र कोहि खानपिन गरेर रमाइलो गर्नमा ब्यस्त थिए  । देशदेखि विदेशसम्म ख्याति कमाएका नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, गायिका, फिल्म निर्देशकमात्र होइन समाजसेवी तथा खेलाडीहरुसमेत उक्त दिन एउटै थलोमा भेला भएर रमाइलो गरेका थिए ।

अन्तर्राष्टिय कलाकार संगठन ‘ईनास’ अन्तर्गत मेरिल्याण्ड शाखाले आयोजना गरेको रमाईलो वनभोज तथा भेटघाट कार्यक्रममा कलाकारको यो वृहत जमघट अमेरिकामै पहिलो पटक भएको कतिपयको भनाइ छ। इनास अमेरिका महादेशका क्षेत्रीय संयोजक तथा गायक कन्हैया सिंह परियार भन्छन- म अमेरिकामा  बसेको लामो समय भएपनि यो किसिमको जमघट सम्भबत पहिलो पटक देख्न पाएँ ।

कार्यक्रममा उपस्थित कलाकार तथा अग्रज र पाहुनाहरुलाई ईनास मेरिल्याण्डका संरक्षक तथा अवैतनिक महाबाणिज्यदुत प्रेम राजा महतले खादा लगाएर सम्मान गरेका थिए । संगीतकर्मी समेत रहेका महतको विशेष उपस्थितिमा भएको उक्त कार्यक्रममा महतले रमेश प्रसाईँ (पब्लिक स्पिकर) तथा कलाकार, समाजसेवी तथा खेलाडी नन्दा बस्याल, अमेरिकामा छायांकन भैरहेको फिल्म ‘तेल भिसा’ को सम्पूर्ण टीमका कलाकारलाई खादा, माला तथा टोकन अफ लभद्वारा स्वागत गरेका थिए ।

कार्यक्रममा ईनास मेरिल्याण्डका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेल (गायक तथा संगीतकार) वरिष्ठ उपाध्यक्ष शान्ति भण्डारी (मोडल तथा गायिका तथा वनभोज कार्यक्रमका संयोजक), उपाध्यक्ष खिम मस्रंगी मगर ( वाद्यवादक तथा खेलकूद संयोजक), उपाध्यक्ष दिलीप श्रेष्ठ (प्रविधि), प्रबक्ता प्रवेश उप्रेती ‘पल’ (अभिनेता), महासचिव सज्जन बोहोरा (मोडल तथा गायक), सचिव याम क्षेत्री (गायक), सह–कोषाध्यक्ष स्वरूपा रसाईली (गायिका), इनास मेरिल्याण्डका वरिष्ठ सल्लाहकार तथा गायक श्याम गुरुङ, सदस्यहरुमा मोहन गुरूङ (साउण्ड ईन्जिनियर), विजय गुरूङ (वाद्यवादक), रमेश परियार (गायक), गम वहादुर राना (कवि), होम वहादुर चितौरे (गजलकार) आदिले कार्यक्रममा उपस्थित भएर आफ्नो आफ्नो भूमिका निर्बाह गरेका थिए । कार्यक्रममा वाना नेपाली कम्यूनिटी सेन्टरकी पूर्व अध्यक्ष तथा ईनास मेरिल्याण्डकी संरक्षक अनुसुया वन्त श्रेष्ठ पनि सहभागी थिईन ।

कार्यक्रममा ईनास अमेरिकाका क्षेत्रिय संयोजक तथा गायक–संगीतकार कन्हैया सिंह परियार, ईनास अमेरिका अध्यक्ष तथा नायक राहुल केसी, ईनास अमेरिकाका उपाध्यक्ष तथा मेरिल्याण्डका वर्तमान अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष तथा खेलाडी कलाकार विकाश घले, ईनास अमेरिकाका महासचिव प्रकाश नेपाल, प्रवक्ता गोपालचन्द्र लामिछाने लगायतका अतिथि रहेको जानकारी मेरिल्याण्डमा रहेका सन्तोष घिमिरेले गुरुकुल खबरलाई दिएका छन ।

कार्यक्रममा ईनास मेरिल्याण्डका संस्थापक सल्लाहकार तथा एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरूङ, ईनास मेरिल्याण्डका सल्हाकार एवं वरिष्ठ गायिका अञ्जना गुरूङ, गायिका सृजना विरही थापा, युवा सल्लाहाकार प्रविण भण्डारी, बाल्टिमोरका रमेश भट्ट ‘नेपाली छोरो’, वानाका संस्थापक अध्यक्ष मोहन थापा, अभिनेत्रीहरु पूजा चन्द, ऋचा घिमिरे, अभिनेता विपीन कार्की, अभिनेत्री वर्षा राउत, निर्देशक शंकर घिमिरे, संगीतकर्मी राजु लामा, नेपाली फिल्म तेल भिसाका अन्य कलाकारहरुको उपस्थितिका कारण कार्यक्रम एतिहासिक बनेको इनास मेरिल्याण्डले जनाएको छ ।

३० जेष्ठ २०८१, बुधबार ०८:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा