Play

आर्बाका शैक्षिक एबम राजनीतिक व्यक्तित्व किर्तिराज बरालको ‘कीर्तिका रचना बिबिध’ पुस्तक लोकार्पण

गुरुकुल खबर


पोखरा, तत्कालिन आर्बा गाबिस र हाल पोखरा महानगरपालिका -१३ आर्बाका राजनीतिकर्मी, शिक्षासेवी तथा समाजसेवी किर्तिराज बरालका किर्तिलाई समाबेश गरि प्रकाशन गरिएको पुस्तक ‘कीर्तिका रचना बिबिध’ पोखरामा लोकार्पण गरिएको छ । बरालले आफ्नो जीबनकालमा आत्मवृतान्त, यात्रा संस्मरण, विभिन्न घटना, कविता समेत लेखेको तर प्रकाशन गर्न भने पाएका थिएनन । ३ वर्षअघि उनको मृत्यु भएपछी उनका छोराहरुले बुवाको इच्छ्या अनुरुप सबै रचनालाई समाबेश गरि पुस्तकको रुप दिएर प्रकाशन गरेका हुन।

आर्बामा जन्मिएका स्व. किर्तिराज बरालले पोखरा स्थित गण्डकी बोर्डिंग स्कुल, भवानी कालिका स्कुल र भद्रकाली स्कुलमा नेपाली बिषयको अध्यापन गराए एक कुशल शिक्षकको रुपमा परिचित थिए । उनि स्थानीय स्तरमा सामजिक कार्यकर्ता र राजनीतिक रुपमा प्रजातन्त्र प्राप्तिको लागि निरन्तर क्रियाशील समेत थिए ।

शिक्षासेवी एबम राजनीतिक कार्यकर्ता किर्तिराज बरालकी धर्मपत्नी पार्वतीदेबी बराल सहित तिन छोराहरु र एक छोरी छन। जेठा छोरा शंकरराज बराल जिल्ला अदालतको न्यायाधिसबाट निवृत्त भएका हुन भने महिला छोरा भवसागर बराल नेपाली काँग्रेसको राजनीतिमा र ब्यबसायिक काममा सक्रिय छन । उनि नेपाली काँग्रेस पोखरा महानगरपालिकाको उपसभापति समेत हुन । कान्छा बुद्धिराज बराल बैंकिंग क्षेत्रमा लामो समय देखि संलग्न रहेकोमा हाल उनि प्राईम कमर्सियल बैंकमा कार्यरत छन । बरालकी एक छोरी लक्ष्मी हुन ।

उनै कीर्तिराजको ८७ औं जन्मजयन्तीका अवसरमा सो पुस्तक लोकार्पण गरिएको छ । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, वरिष्ट कार्टुनिस्ट दुर्गा बराल बात्सायान , नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र बरालका समकालीन तारा पाखे गौतम लगायतले उक्त कृति लोकार्पण गरेका हुन। लोकार्पण समारोहमा बरालका आफन्त सहित बिभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

४६२ पेज रहेको कृतिमा पहिलो भागमा आत्मवृतान्त छ ।दोश्रो भागमा विभिन्न स्थानमा घुमेका यात्रा संमरण समेटिएको छ भने तेश्रो भागमा आफूले भोगेका घटेका घटनाहरु र चौथो भागमा साहित्य विविध, कविता, वेदान्ती चरणका भजनहरू समाबेश गरिएको छ ।

पुस्तक लोकार्पण समारोहमा बोल्ने बक्ताहरुले स्व किर्तिराज बरालले साहित्यिक, शैक्षिक राजनीतिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे।

पोखराका प्रशिद्द साहित्यकार शरुभक्तले आफुले केहि महिना गण्डकी बोर्डिंग स्कुलमा शिक्षकको रुपमा काम गरेको र त्यसबेला स्व किर्तिराज बराल समेत सोहि बिद्यालयमा शिक्षक रहेको कारण चिनजान भएको बताए । उनले स्व बरालको  सरल र बिनायशिल ब्यबहारको प्रशंसा गरे । आंफुले एक कुशल शिक्षकको रुपमा र नेपाली साहित्यको ज्ञाताको रुपमा किर्तिराज बराललाई चिनेको भन्दै शरुभक्तले आफ्नो जिबनमा लेखेका विभिन्न रचनाहरु संग्रह गरेर पुस्तकको रुपमा प्रकाशन गरेकोमा बरालका सन्तानहरु प्रति आभार प्रकट गरे ।

कीर्तिको परिवारले पुस्तक प्रकाशन गरेपछी आफ्नो शेषपछि पनि आफ्नो सम्झना बाँचिराखोस् भन्ने स्व. कीर्तिको चाहना पूरा भएको शरुभक्तले बताए । उनले भने, ‘शेषपछि पनि आफ्नो सम्झना बाँचिराखोस् भन्ने हेतुले आफ्नो जिबनकालमा उहाँले लेख्नुभएको जीवनी, कथा, कविता, घटनाक्रम, संमरण कृति बनाएर प्रकाशित गरिदिनुभएको छ ।’ यो कृतिले नेपाली साहित्यमा एउटा इँटा थपिएको महशुस मैले गरेको छु।’  कीर्ति जीवित रहँदा आफ्नो साहित्य र सिर्जनामा पनि उनले प्रेरणा दिएको पनि उनले सम्झिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्व किर्तिराज एक कुशल राजनीतिकर्मी समेत भएकोले राजनीतिबाट बराललाई छुट्याउनु भनेको अन्याय हुने बताए। ‘वहा प्रजातन्त्र र नेपाली काँग्रेस प्रति सदैब प्रतिबद्द र सक्रिय हुनुहुन्थ्यो । त्यसैले वहाको बारेमा चर्चा गर्दा राजनीतिक क्षेत्रलाई अलग गर्न मिल्दैन।’ शर्माले भने स्व बरालले  तत्कालिन आर्बा गाबिसको नेपाली काँग्रेसको सभापति समेत बनेर काम गरेका थिए ।

स्व. बरालसंगै अध्यापन गरेका तारानाथ पाखे गौतमले तत्कालिन अबस्थामा बराल सहित आफुले कांग्रेस र प्रजातन्त्रबादी भएको कारण कुटाइ समेत खानुपरेको घटनाको स्मरण गरे। उनले भने ‘हामीलाई कांग्रेस भनेर तत्कालिन व्यवस्थाका समर्थक वा मण्डलेहरुले आक्रमण समेत गरेका थिए’। आक्रमणकारी मध्ये केहीको तस्बिर लोकार्पण गरिएको किर्तीमा समेत रहेको उनले बताए ।

कृतिमाथि प्राध्यापक रामेश्वर बरालले टिप्पणी गरेका थिए । उनले क्षेत्रियतालाई प्रवद्र्धन गरिएको, अध्यात्मवाद् र भौतिकवाद्को समिश्रण, पूर्वीय र मानावतावादी दर्शनलाई उतारिएकोलगायत कृतिको विशेषता रहेको उनले बताए । बरालको किर्ति पढेपछि आफ्नो देशको चिन्ता गर्न, शिक्षा र ज्ञानका कुरा बुझ्न, राष्ट्रियता बोध गराउन, नैतिकता बुझाउन सहयोग पुग्छ भन्ने बिश्वास लागेको छ,’ उनले भने।

कार्यक्रममा बरालका आफन्त शिबबहादुर बरालले स्व. कीर्तिराज बरालको बारेमा परिचर्चा गरेका थिए भने स्व बरालका माइला छोरा भवसागर बराल, जेठा छोरा शंकरराज बराल र कान्छी बुहारी रसोदा बराललगायतले कृतिमाथि परिचर्चा गर्नुको साथै स्व  बरालको व्यक्तित्व र किर्तित्वमाथि चर्चा गरेका थिए ।

२८ जेष्ठ २०८१, सोमबार ०७:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा