Play

मोबाइल ब्यवसायी महासंघमा नयाँ नेतृत्व, अध्यक्षमा भट्टराई , ब्यबसायीले राखे बिभिन्न माग

गुरुकुल खबर


काठमाडौ । नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्ष पदमा भरत भट्टराई निर्वाचित भएका छन् । शुक्रबार काठमाडौमा सम्पन्न दोस्रो महाधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सोभित प्रसाईं, उपाध्यक्षमा छतेन्द्र आचार्य तथा महासचिवमा सन्तोष घिमिरे निर्वाचित भएका छन।

यसैगरी सचिव पदमा डिल्लीबहादुर तामाङ, कोषाध्यक्षमा श्यामसुन्दर नगरकोटी, सहकोषाध्यक्षमा लबकृष्ण श्रेष्ठ तथा वरिष्ठ सदस्यमा अनुपमा केसी निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता सन्तोष भण्डारीले जानकारी दिए। महासंघको बिधानमा पदाधिकारी र सदस्य गरि ४९ जना रहने व्यवस्था छ ।

महाधिवेशनबाट ब्यवसायीले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउनु पर्ने, ग्रे मोबाइलको कारोबार रोक्नुपर्ने, चोरीको मोबाइल मर्मतका समयमा ब्यवसायीसम्म पुग्दा ब्यवसायीहरुले प्रहरी प्रशासनबाट भोग्दै आएको झमेला अन्त्य गरिनुपर्ने तथा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई नीति बनाएरै व्यवस्थित बनाउन सरकारलाई दबाब दिनेसहितका एजेन्डा पारित गराएको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए ।

महाधिवेशनमा देशभरबाट गरि करिब एक हजार प्रतिनिधि सहभागी भएको नवनिर्वाचित उपाध्यक्ष आचार्यले जानकारी दिए ।महासंघको हालसम्म सात प्रदेश र  ५८ जिल्लामा शाखा विस्तार भइसकेको छ ।

२६ जेष्ठ २०८१, शनिबार १५:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा