Play

पोखरा -१८ सराङकोटका जनप्रतिनिधि र कांग्रेसका नेताद्वारा प्रम प्रचण्डसंग भेटघाट

गुरुकुल खबर


पोखरा,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

प्रधानमन्त्री प्रचण्ड संग सोहि वडामा नेपाली काँग्रेसबाट निर्बाचित वडाध्यक्ष शिब तिमिल्सिना सहित माओबादी वडा कमिटिका अध्यक्ष पुर्णाखर तिमिल्सिना, माओबादीका नगर सदस्य टिकाराम तिमिल्सिना, बलराम तिमिल्सिना, बिकास अधिकारी र नेपाली काँग्रेसका उमानाथ चापागाईं लगायतले भेटघाट गरि सरंग्कोट क्षेत्रको बिकासको लागि केन्द्रबाट नै बजेट ब्यबस्था गरिदिन माग गरेका थिए ।

सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न  प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले जानकारी दिए।

यसैगरी विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा शहीद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको वडाध्यक्ष तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए ।

“प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ । सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने  उहाँले बताउनुभएको छ । हामी उत्साहित भएका छौँ”, तिमिल्सिनाले भने ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट । यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ ।

यसैबीच नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोलीले पनि प्रधानमन्त्री प्रचण्डलाई बुधबार बिहान भेटेर कास्की जिल्लाको बिकाशको लागि बजेटको राम्रो व्यवस्था गरिदिन माग गरेको बुझिएको छ । शर्मा संगै कास्की काँग्रेसका उपसभापति युवराज कुँवर, कांग्रेस नेता माधव बाँस्तोला र कृष्ण कोइराला समेत रहेको बुझिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन  मङ्गलबार साँझ पोखरा पुगेका हुन ।

२३ जेष्ठ २०८१, बुधबार १०:०० मा प्रकाशित
Nabintech