Play

अन्नपुर्ण पर्यटन पत्रकारिता पुरस्कार पत्रकार पराजुलीलाई दिईने

गुरुकुल खबर


पोखरा, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८१ पत्रकार रविचन्द्र पराजुलीलाई प्रदान गरिने भएको छ । २५ हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र सहितको उक्त पुरस्कार पाउने पराजुली कत्रिब ३ दशकदेखि पत्रकारितामा क्रियाशील छन । हाल उनी नेपाल टेलिभिजनमा आवद्ध छन् । यस अघि नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, नेपालीपत्र साप्ताहिक, सारथी साप्ताहिक लगायतका पत्रिकामा समेत उनले काम गरेका थिए  ।

अन्नपूर्ण दिवसको अवसर पारी यही जेठ २१ गतेका दिन उक्त पुरस्कार पत्रकार पराजुलीलाई प्रदान गरिनेछ। यस अघि पहिलो पटक पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार तथा दोस्रोपटक रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनोट समितिले पुरस्कृत व्यक्तिको चयन गरेको हो । समितिको सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहकार अधिवक्ता हरिप्रसाद भट्टराई, पत्रकार एवं समितिका मिडिया संयोजक टंकराज अधिकारी रहेका थिए । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप गुरूङ छनोट समितिको पदेन सदस्य रहेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्धन गर्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन तथा प्रसारणमा महत्वपूर्ण भूमिका खेल्ने एक जना सञ्चारकर्मीलाई सो पुरस्कारबाट पुरस्कृत गरिदै आएको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आयोजना गरेको चौथो अन्नपूर्ण म्याराथनको जेठ २१ गते हुने समापन समारोहमा पुरस्कार प्रदान गरिने छ।

यसैबीच चौथो अन्नपुर्ण म्याराथनको सम्पूर्ण तयारी पुरा भएको समितिले जनाएको छ । अन्नपूर्ण आधार शिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुनेछ ।

अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए, दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले, तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिला तर्फ गणना भण्डारीले जितेका थिए ।

महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथनमा पहिलो, दोश्रो र तेश्रोहुनेले क्रमश नगद १ लाख ५० हजार, १ लाख र ७५ हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्कार ब्यवस्था गरिएको छ। पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।

म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गत वर्षदेखि अल्टिमेट एडभन्चर नेपालले प्राविधिक सहयोग गरेको छ ।

१६ जेष्ठ २०८१, बुधबार २१:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा