Play

राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त

गुरुकुल खबर


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । खनाल यसअघि राष्ट्रिय वाणिज्यकै डेपुटी सीईओ थिए । व्यवस्थापनमा मास्टर, कानूनमा एलएलबी गरेको खनाल २०६४ सालमा आठौ तहबाट बैंकमा सेवा प्रवेश गरेका थिए ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले खनालसहित नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर कार्की, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीको नाम सर्टलिस्टेड गरेको थियो ।

सीईओका लागि १९ जनाले आवेदन दिएका थिए । १९ जनाबाट ५ जना छनोट गरेर छनोट गरी व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

बैंकको सीईओबाट किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि खनाल कायम मुकायम सीईओको जिम्मेवारीमा थिए । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएसँगै ७ वैशाखमा बैंकले सीईओ आवेदन मागेको थियो ।

१० जेष्ठ २०८१, बिहीबार १४:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा