Play

गण्डकीका मुख्यमन्त्री अधिकारी बिरुद्धको रिट सर्वोच्च अदालतबाट खारेज, बिश्वासको मत लिने बाटो खुल्यो

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशमा नेकपा एमालेका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाविरूद्ध परेको रिट सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सांरगा सुवेदीको संयुक्त इजलासले रिटको सुनुवाइ गर्दै रिट खारेज गर्ने  निर्णय गरेका हो।

गण्डकीमा एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्दा सभामुख कृष्णप्रसाद धिताललाई समेत गणना गरेको भन्दै नेपाली काँग्रेस संसदीय दलका नेता समेत रहेका निबर्तमान मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे सर्वाच्च अदालत पुगेका थिए । कांग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डेले असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदेश प्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री अधिकारी र सभामुख धिताललाई विपक्षी बनाइ चैत २७ गते रिट दायर गरेका थिए।

यस अगाडी बैशाख १० गते हेर्दाहेर्दैमा परेको उक्त रिट उपर बैशाख १७ गते सोमबार निर्णय दिने भनिएकोमा सोमबार अदालतले रिट नै खारेज गरिदिएको छ।  रिट खारेजसँगै मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद विस्तारसँगै विश्वासको मत लिने बाटो खुलेको छ।

यसअघि सर्वोच्च अदालतले अधिकारीलाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

गण्डकीमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्दा एमाले,  प्रदेशका सभामुख सहितको माओबादी केन्द्र र स्वतन्त्र सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ ले समर्थन गरेका थिए।

१७ बैशाख २०८१, सोमबार २०:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा