Play

चापाकोटका अगुवा सामाजिक एबम राजनीतिक कार्यकर्ता पूर्णबहादुर थापाको निधन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२३ चापाकोटका अग्रज सामाजिक कार्यकर्ता पूर्ण बहादुर थापाको ८८ बर्षको उमेरमा हालै निधन भएको छ। १९९३ सालको मङ्सिर १३ गते जन्मिएका थापाको येही बैशाख ३ गते निधन भएको हो ।

तत्कालिन चापाकोट गाउँ पंचायतको सचिब समेत रहेर काम गरेका थापा २०३० को दशकमा गाउँ पंचायतको प्रधानपंचको उमेद्वार समेत बनेका थिए।

तर २०३६ सालमा भएको जनमत संग्रहताका उनि बहुदलको पक्षमा वा नेपाली काँग्रेसको पक्षमा लागेपछि उनि निरन्तर नेपाली काँग्रेसको क्रियाशील सदस्य रहेका थिए।

सरल स्वभाव र इमान्दार व्यक्तिको रुपमा उनि सबैमाझ परिचित थिए । थापाले २०३५ सालतिर फेवाताल जलाधार सम्रक्षण आयोजना शुरु भएपछि सोहि आयोजना अन्तर्गत संचालित बाम्दी नर्सरीको रेखदेख गर्ने मुख्य व्यक्तिको रुपमा लामो समय काम गरेका चापाकोट गाबिसका पुर्ब अध्यक्ष समेत रहेका नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य भेषराज पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।

स्व थापाका एक श्रीमती मोतीकुमारी थापा सहित ४ छोरा र ५ छोरी रहेकोमा जेठा छोरा रमेश थापाको पहिले नै मृत्यु भैसकेको छ भने संहिला छोरा जगत थापा हाल सम्पर्क बाहिर रहेको बताईन्छ।

महिला छोरा समिर थापा पोखरामा एजुकेसनल कन्सल्टेन्सी संचालन गर्छन भने कान्छा हेल बहादुर थापा पनि बैदेशिक रोजगारीमा छन।

छोरीहरुमा जेठी खिममाया थापा स्थानीय चापाकोट प्राबिको प्रधानाध्यापकको रुपमा कार्यरत छिन यसैगरी कान्छी छोरी रत्ना थापा पामे स्थित ग्लोबल आइएमई बैंकमा शाखा प्रबन्धकको रुपमा कार्यरत छिन अन्य छोरीहरु पवित्रा थोपा, गीता थापा, र सिर्जना थापा रहेका छन ।

१४ बैशाख २०८१, शुक्रबार १८:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा