Play

पोखराको राजनीतिक मात्र नभएर सामाजिक र शैक्षिक व्यक्तित्व पनि हुन ‘देवदत्त कोइराला’

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका नेता एबम नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका सचिब देबदत्त कोइरालाको योगदान पोखराको राजनीतिक तथा  सामाजिक र शैक्षिक क्षेत्रमा समेत त्यत्तिकै महत्वपुर्ण रहेको कुरामा कांग्रेस नेता र कार्यकर्ताहरुले जोड दिएका छन। कोइरालाको निधन भएको नबौं दिनको अबसरमा कोइरालाको निवास पोखरा -५ प्रस्यांगमा नेपाली कांग्रेसद्वारा आयोजित श्रद्धान्जली सभामा बोल्ने बक्ताहरुले कोइरालाको योगदान प्रजातन्त्र र नेपाली काँग्रेस सहित सामाजिक र शैक्षिक क्षेत्रमा पनि महत्वपुर्ण रहेको बताए ।

कोइरालाका बालशखा समेत रहेका नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा -५ का उपसभापति भोलानाथ पराजुलीले आफु र कोइराला सानो उमेरमा नेपाली कांग्रेसका केहि नेताहरुको कारण कांग्रेस बनेको र त्यसपछि देवदत्त कोइराला निरन्तर र सक्रियरुपमा कांग्रेसमा लाग्दै आएको बताए ।

पोखरा -५ का नेपाली काँग्रेसका नेता पुरुषोत्तम पराजुलीले कोइराला सानो उमेरबाट कांग्रेसमा लागेको र सदैब संगठनको बारेमा चिन्तित हुनेगरेको बताए। उनले बिद्यार्थीकाल देखि नै प्रजातन्त्र र नेपाली काँग्रेसको राजनीतिमा निरन्तर क्रियाशील रहेका कोइराला बिक्रम सम्बत २०१९ मा प्रजातान्त्रिक बिद्यार्थी संघको बाराही माबिको सभापति बनेर उनि राजनीतिमा प्रवेश गरेको जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेल र कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले स्व कोइराला जिबनको अन्तिम अबस्था सम्म पनि पार्टीप्रति चिन्तित रहने गरेको र युवाको जस्तो सक्रियता देखाउने गरेको बताए ।

कार्यक्रममा बोल्दै स्व. देवदत्तकी छोरी बिजयाले अस्पतालमा गम्भीर र अन्तिम अबस्थामा पनि बुवाले नेपाली काँग्रेस, प्रजातन्त्र सेनानी र कोइराला समाज सुनेपछि खुसि हुने गरेको सुनाइन।

स्व देवदत्त कोइराला २०३३ सालमा नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा गरेको आन्दोलनमा पक्राउ परि जेल समेत बसेका थिए । २०३६ सालबाट नेपाली काँग्रेसको क्रियाशील सदस्य रहेर पार्टीमा निरन्तर सक्रिय रहेका कोइराला २०४६ सालको जनआन्दोलनमा पनि जेल परेका थिए।

२०४६ सालको जनान्दोलनमा संगै जेल बसेका नेपाली काँग्रेसका युवा नेता गंगाधर पराजुलीले कोइरालालाई सम्झिदै गुरुकुल खबरसंग भने- “देवदत्त दाई सहित पोखरा -५ का गोविन्द कोइराला र भोज बहादुर केसी अनि कास्की जिल्लाको विभिन्न स्थानका करिब १ सय १० जना झन्डै २ महिना जेलमा संगै बस्ने अवसर मिलेको थियो,  त्यहिबेलाबाट नै मैले देवदत्त दाईमा कांग्रेस प्रतिको अगाध आस्था, समर्पण र भरोसा देखेको थिए” पराजुलीले वडा न ५ बाट तत्कालिन अबस्थामा संगै जेल बसेका तिन जना व्यक्तित्वहरुको निधन हुन पुगेकोमा दुख ब्यक्त गर्दै कोइराला सहित वहाँहरुमा पार्टी संगठन प्रतिको समर्पणभाव अनि सरल स्वभाव र निष्ठाको अनुशरण सबैले गर्नसके मात्र सच्चा श्रद्दान्जली हुने बताए ।

राजनीति संगै उनि सामाजिक र शैक्षिक र धार्मीक क्षेत्रमा समेत क्रियाशील थिए। कोइराला समाज कास्कीको अध्यक्ष, बाराही माध्यामिक बिद्यालयको संचालक समितिको अध्यक्ष सहित अन्य विभिन्न सामाजिक शैक्षिक तथा धार्मिक संघसंस्थामा कोइरालाको संलग्नता थियो ।

नेपाली कांग्रेसका नेता एबम प्रजातन्त्रका सेनानी देबदत्त कोइतालाको ७७ बर्षको उमेरमा बैशाख ७ गते शुक्रबार बिहान आफ्नै निवास पोखरा -५ प्रस्यांगमा निधन भएको थियो । २००४ साल मङ्सिरमा जन्मिएका कोइराला बिगत केहि समयदेखि क्यान्सर रोगबाट पिडित थिए । उनको मनमोहन शिक्षण अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल,  ग्रांडी अस्पताल र पछिल्लो समय पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएको थियो। अस्पतालबाट आफ्नो प्रस्यांग स्थित घरमा ल्याएको केहि दिनमा नै कोइरालाको निधन भएको हो ।

स्वर्गीय कोइरालाकी श्रीमती इश्वरा सहित  १ छोरा आनन्द कोइराला र ५ छोरी बिजया अधिकारी, जया दाहाल, ज्योती पोखरेल, रेखा अधिकारी र दिव्या कोइराला रहेका छन।

१४ बैशाख २०८१, शुक्रबार १२:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा