Play

मादी गाउँपालिका यान्जाकोट निवासी कांग्रेसका अगुवा किर्तिमानको निधन

कांग्रेस नेता अर्जुन गुरुंगलाई पितृशोक


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस मादी गाउँपालिकाका नेता एबम कास्की जिल्ला कार्यसमितिका पूर्व सदस्य अर्जुन गुरुङलाई पितृ शोक परेको छ । अर्जुनका बुवा किर्तिमान गुरुंगको ८५  वर्षको उमेरमा केहि दिन अगाडी निधन भएको थियो । उनि बिगत १ वर्प अगाडीबाट नै पेटको क्यान्सरबाट पिडित थिए ।

साबिक थुमाको डांडा गाबिसको वडा न ५ को वडाध्यक्ष समेत बनेर काम गरेका किर्तिमान त्यस क्षेत्रका नेपाली काँग्रेसका अगुवा समेत थिए। स्व किर्तिमानका ३ छोरा मध्ये जेठो छोराको पहिले नै निधन भएको थियो । माहिला छोरा बेल बहादुर गुरुङ नेपाल बाहिर बस्छन भने कान्छा अर्जुन गुरुङ नेपाली कांग्रेसको राजनीति संगै आफ्नो ब्यबसायमा समेत आबद्द छन । स्व किर्तिमानकि श्रीमती र २ जना छोरीहरु समेत छन।

यसैबीच गुरुंगको निधन भएपछि गुरुङ परम्परा अनुसारको अर्घो बिहिबार सम्पन्न भयो । अर्घोकै सन्दर्भ पारेर नेपाली काँग्रेस मादी गाउँपालिका वडा न ३ ले बुधबार शोक सभाको पनि आयोजना गर्यो।

शोकसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल, कास्की कांग्रेसका पूर्व सभापति द्वय यज्ञबहादुर थापा र कृष्ण केसी, कास्की काँग्रेसका नेताहरु रामबाबु भण्डारी, सुदिप मोहन भट्टराई, देबेन्द्र केसी, भानु ढकाल, शंकर ढुंगाना, कांग्रेस गण्डकी प्रदेशका सह महामन्त्री कोपिला रानाभाट, प्रदेश समितिका प्रबक्ता माधव प्रसाद बाँस्तोला मधु, क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछाने, नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य गंगाधर पराजुली, पार्टीका महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु, मादी गाउँपालिकाका अध्यक्ष देबिजंग गुरुङ र मादीका कांग्रेस सभापति याम गुरुङ सहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु र पार्टीका नेताहरु ठुलो संख्यामा सहभागी थिए।

(कांग्रेस नेता अर्जुन गुरुङको बुवा किर्तिमान गुरुंगको शोक सभामा मादी गाउँपालिकाको यान्जाकोट पुगेका कांग्रेस नेता कार्यकर्ताहरु मादी गाउँपालिकाका अध्यक्ष देबिजंग गुरुंगको घरमा सामुहिक तस्बिर खिचाउदै )

सोहि अवसर पारेर नेपाली काँग्रेस कास्की १ को प्रदेश ख को तर्फबाट सभापति कृष्ण प्रसाद कोइराला समेतले अर्जुन गुरुङ सहित परिवारलाई समबेदना संदेश हस्तान्तरण गरिएको थियो ।

१३ बैशाख २०८१, बिहीबार १८:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा