Play

कास्की काँग्रेसका पूर्व उपसभापति एबम प्रजातन्त्रका सेनानी हिरामणि सुबेदीको निधन, अन्त्येष्टि आइतबार दिउँसो

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका नेता एबम प्रजातन्त्रका सेनानी हिरामणि सुबेदीको शनिबार निधन भएको छ। नेपाली काँग्रेसको राजनीतिमा निरंन्तर क्रियाशील सुबेदीको ८९ वर्षको उमेरमा निधन भएको हो । सुबेदी पछिल्लो २ महिना जति गम्भीर बिरामी परेपछि अस्पतालमा उपचारको लागि लाने र घरमा ल्याउने क्रम चलिरहेको थियो बिगतमा क्यान्सर रोगलाइ समेत परास्त गरेका सुबेदी पछिल्लो समय फोक्सो र मुटु सम्बन्धि समस्याबाट पिडित थिए ।

नेपाली काँग्रेस र प्रजातन्त्रको लागि निरन्तर सक्रिय सुबेदीले नेपाली काँग्रेस कास्कीको उपसभापति एबम नेपाल किसान संघको केन्द्रीय सदस्य समेत रहेर काम गरेका थिए । कास्की कांग्रेसको सभापति शुक्रराज शर्माको कार्यकालमा उनले पार्टीको जिल्ला सभापति रहेर काम गरेका हुन्।

कांग्रेस र प्रजातन्त्रको लागि पटकपटक जेल बसेका र पक्राउ परेका सुबेदी पहिलो पटक २०१७ सालमा तत्कालिन पंचायती शासन व्यवस्थाको क्रममा लामो समय जेल परेका थिए । त्यससमयमा कांग्रेसका नेता कार्यकर्ताहरुलाई विभिन्न बहानामा पक्राउ गर्ने क्रममा सुबेदी सहित झन्डै १ दर्जन समकालीन नेताहरुलाई “तार काण्ड” को नाममा मुद्दा चलाएर जेलमा यातना दिइएको थियो।

सुबेदी सहित पक्राउ परेर जेल बस्नेहरुमा नारायणदत्त रानाभाट, चुडामणी लामिछाने, भोजराज भण्डारी, भोजराज सुबेदी लगायतका कांग्रेसका नेताहरु रहेका थिए । तत्कालिन अबस्थामा उनीहरुलाई टेलिग्राम अफिस ( हालको नेपाल टेलिकम ) को तार चोरी गरेको भन्ने झुटा मुद्दा लगाएर जेलमा राखिएको थियो ।

सुबेदी २०४२ सालको सत्याग्रहमा समेत पक्राउ परेका थिए । नेपाली कांग्रेसले शुरु गरेको सत्याग्रहको आन्दोलनमा सुबेदी र उनको छोरा राजनमणि भण्डारी सहित पक्राउ परेको बताईन्छ। २०४६ सालको जनआन्दोलनमा पनि सुबेदीले जेल जिबन बिताएका हुन् २०४६ साल चैत्र २६ गते बहुदलीय प्रजातन्त्रको घोषणासंगै सुबेदी पनि अन्यसंगै जेल मुक्त भएका थिए । पोखरा स्थित कास्की कारागारमा ठाउँको अभाव भएपछी सुबेदी सहित १ सय १० जनालाई तत्कालिन गण्डकी अंचल प्रहरी कार्यालय भित्र नजरबन्दमा राखिएको थियो।

सोहि ठाउमा सुबेदीसंगै नजरबन्दमा रहेका गंगाधर पराजुलीले जेलभित्र रहदापनि सुबेदीले कांग्रेस र प्रजातन्त्रको  बारेमा सिकाउने गरेको सम्झिन्छन।  जेलमा बस्नेहरु मध्ये सुबेदीको उमेर सरहका अर्थात पाको उमेरका अरु केहि कांग्रेस र केहि बामपन्थी नेताहरु पनि जेलमा हुनुहुन्थ्यो। तर सुबेदीले हामीजस्तो कम उमेरका साथीहरुलाई प्रजातन्त्रको लागि लड्न उत्साह दिने र प्रेरित गर्नुहुन्थ्यो। “पंचायतले बिभिन्न बहानामा पक्राउ गर्छ, जेल राख्छ, झुट्टा मुद्दा लगाउछ र प्रजातन्त्रको लागि हुने आन्दोलन दबाउना खोज्छ तर तपाईंहामी हरेश खानुहुन्न, छिट्टै नै देशमा प्रजातन्त्र आउँछ।” सुबेदीले २०४६ सालमा जेलभित्र बस्दा भनेको कुरा स्मरण गर्दै पराजुलीले भने ।

पराजुलीका अनुसार त्यसपछी मुलुकमा प्रजातन्त्र त आयो तर सुबेदी र उनि सहितका त्यागि र निष्ठावान कांग्रेस नेता र कार्यकर्ताहरुले भने सन्तोषको अनुभूति गर्न अझै पाएको जस्तो लाग्दैन ।

नेपाली काँग्रेस भित्र त्यागी र इमान्दार अनि निरन्तर सक्रिय नेताको रुपमा परिचित सुबेदीको शैक्षिक र धार्मिक क्षेत्रमा पनि त्यत्तिकै लगाव रहेको थियो। उनि समेतको अगुवाइमा लक्ष्मी माबि, लक्ष्मी आदर्श माबि लगायतका शैक्षिक संस्थाहरु स्थापना भएका थिए भने धार्मिक स्थल र मठ मन्दिरको बिकास एबम धार्मिक काममा समत सुबेदीको संलग्नता र सक्रियता हुनेगर्थ्यो । यसका साथै सुबेदी विभिन्न संघ संस्थामा समेत आबद्ध थिए रेडक्रस शाखाको अध्यक्ष समेत रहेर सुबेदीले काम गरेका थिए । “हामी एकै समयमा रेडक्रसमा काम गरेका थियौ, म अध्यक्ष रहेको बेला हिरामणि काका उपाध्यक्ष हुनुहुन्थ्यो, हाम्रो कार्यकालमा एम्बुलेन्स सेवा संचालन गरिएको थियो पछि वहाँ शाखाको अध्यक्ष समेत बन्नुभयो।” तत्कालिन समयमा रेडक्रस अर्घौं शाखाका अध्यक्ष समेत रहेर काम गरेका गिरिराज गौतमले भने ।

सुबेदीका दुईजना धर्मपत्नी रहेकोमा एकजनाको निधन २० दिन अगाडीमात्र भएको थियो। सुबेदीका दुई छोरा राजनमणि र ऋषिमणि तथा छाया, गङ्गा, शारदा, नर र जशोदा सहित ६ जना छोरीहरु रहेको जानकारी नेपाली काँग्रेस कास्की क्षेत्र न १ का सभापति राजेन्द्रमणि लामिछानेले गुरुकुल खबरलाई दिए। कान्छो छोरा ऋषिमणि अस्ट्रेलिया रहेको र उनि आइतबार मात्र आउने भएपछी सुबेदीको अन्त्येष्टि पनि आइतबार दिउँसो गरिने भएको लामिछानेले जानकारी दिए ।

स्व. सुबेदीको अन्त्येष्टि आइतबार दिउँसो दुई बजे गरिने कार्यक्रम तय गरिएको छ उनको निवास पोखरा २७ अर्घौं बाट शबयात्रा सहित मरेथरेघातमा सुबेदीको अन्त्येष्टि गरिने भएको छ नेपाली कांग्रेस कास्कीले सुबेदी प्रति अन्तिम श्रद्दान्जली अर्पण गर्न नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलाइ पोखरा बोलाएको बुझिएको छ ।

 

९ बैशाख २०८१, आईतवार १०:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा