Play

पोखराको कास्कीकोटमा वृन्दावन धाम निर्माणको अभियान शुरु, राधाकृष्णको मुर्ति स्थापना

गुरुकुल खबर


पोखरा, भारतको मथुरा जिल्ला स्थित वृन्दावनको स्वरुपमा नेपालमा पनि वृन्दावन धाम निर्माण गर्नको लागि अभियान शुरु गरिएको छ । भारतको वृन्दावनमा ५ हजार ५ सय भन्दा बढी विभिन्न मन्दिरहरु रहेको र ति मध्ये अधिकांश मन्दिरहरु भगवान श्रीकृष्ण र राधा अर्थात राधाकृष्णसंग सम्बन्धित रहेको मानिन्छन। भारतको प्रशिद्द धार्मिक स्थलको रुपमा अन्तराष्ट्रिय स्तरमा परिचित वृन्दावनको दर्शन गर्न तथा त्यहाको धार्मिक एबम परम्परागत संस्कृति हेर्न र बुझ्न बर्षेनी लाखौंको संख्यामा भारतीय तथा नेपाल लगाएत बिभिन्न मुलुकबाट ठुलो संख्यामा बिदेशी पर्यटक तथा धर्मालम्बीहरु समेत पुग्नेगरेका छन् । नेपालबाट पनि वृन्दावन दर्शन गर्न जाने नेपालीहरुको संख्या उल्लेखनीय रहेको छ। प्राप्त तथ्यांक अनुसार सन् २०१४ अर्थात् करिब १० वर्ष अगाडी वृन्दावन धाम दर्शन गर्नजानेको संख्या ६० लाखभन्दा बढी थियो भने अहिले त्यो संख्यामा धेरै वृद्धि भएको छ ।

भारतको वृन्दावनको स्वरुपमा नेपालमै वृन्दावन धाम निर्माण गर्न सके भारतको वृन्दावनको अबलोकन वा दर्शन गर्न नेपालबाट जाने नेपालीहरुलाई मात्र नभएर भारत सहित अन्य मुलुकबाट वृन्दावन जाने पर्यटक सहित दर्शनार्थीहरुलाई नेपालको वृन्दावन हेर्न र दर्शन गर्न आउने बाताबरण सिर्जना हुन्छ । सोहि लक्ष अनुरुप नेपालको कास्की जिल्लाको पोखरा महानगरपालिका -२४ कस्किकोटमा वृन्दावन निर्माण गर्ने अभियान शुरु गरिएको हो।

वृन्दावन निर्माणको लागि उपयुक्त जग्गाको खोजि केहि बर्षअगाडी बाट भएको भएपनि अहिले भने कास्कीकोटको औलोकोथाम भन्ने स्थानको करिब १ सय रोपनी जग्गामा वृन्दावन निर्माण गर्नकोलागि जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढेको छ। जग्गा प्राप्तिको लागि स्थानीय सामुदायिक बनका उपभोक्ताहरु तथा सामुदायिक वन उपभोक्ता समिति, वडा न. २४ को कार्यालय र पोखरा महानगरपालिकाले कार्यपालिका बोर्ड र महानगरसभाबाट समेत निर्णय गरि वृन्दावनको लागि जग्गा उपलब्ध गराइदिन नेपाल सरकारसंग अनुरोध गर्ने निर्णय गरिसकेका छन् । यसको साथै गण्डकी प्रदेश सरकारका तत्कालिन मुख्य मन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले पोखराको कास्कीकोटमा निजि क्षेत्रसंग सहकार्य गरेर वृन्दावन निर्माण कार्य अगाडी बढाउने भन्ने कुरा आफ्नो नीति र कार्यक्रममा समेत उल्लेख  गरेको थियो। हाल जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाइएको भएपनि टुंगोमा पुग्न भने बाँकि छ ।

नेपाल वृन्दावन धाम नामको गैर सरकारी संस्थाले विभिन्न राष्ट्रिय एबम अन्तराष्ट्रिय स्तरको सहयोग जुटाएर वृन्दावन निर्माण गर्ने अभियान अगाडी बढाएको हो। संस्थाले १ अर्ब ७९ करोडको लागतमा भारतको वृन्दावनको स्वरुपमा पोखराको कास्कीकोटमा वृन्दावन निर्माण गर्ने लक्ष राखेको संस्थाका केन्द्रीय अध्यक्ष विश्वराज गौतमले गुरुकुल खबरलाई जानकारी दिए । उनले प्रारम्भिक लागत इस्टिमेट अनुसार गरिएको खर्च अझै बढ्न सक्नेछ ।

गौतमका अनुसार संस्थाले आफ्नो लक्ष अनुसारको काम गर्न केन्द्रीयस्तरमा र कास्की जिल्लास्तरमा समिति समेत गठन गरिसकेको छ। केन्द्रीय समितिको उपाध्यक्षमा गंगाधर पराजुली, महासचिबमा लक्ष्मीराम शर्मा पौडेल, उपमहासचिबमा ध्रुबनाथ अधिकारी, कोषाध्यक्षमा बेदनिधि शर्मा र सहकोषाध्यक्षमा शिवप्रसाद पराजुलीलाई राखिएको छ। यसको साथै केन्द्रीय समितिमा पोखरा र पोखराबाहिर बाटपनि सदस्यहरु राखिएको छ । यसैगरी कास्की जिल्ला स्तरमा ओम सुबेदी अध्यक्ष रहेको जिल्ला कार्यसमिति बनाइएको छ।

यसैबीच वृन्दावनका केन्द्रीय र जिल्ला समितिको संयोजन एबम पोखरा महानगरपालिका वार्ड न ८ को सहकार्यमा बिहिबार वृन्दावन धाम निर्माण स्थल कास्कीको कास्कीकोटस्थित औलाको थाममा राधाकृष्णको मुर्ति प्रतिष्ठापन गरिएको छ । श्रीराधा गोविन्द पशुपतिनाथ मन्दिर, मेरील्याण्ड, अमेरिकाका संस्थापक अध्यक्ष स्वामी महाराज श्रीबासदासको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम पूर्व कास्कीकोट क्षेत्रका आमसर्बसाधारणहरु, बिभिन्न आमासमुहहरु, महिला स्वास्थ स्वयमसेविकाहरु. विभिन्न राजनीतिक पार्टीका कार्यकर्ता तथा समर्थक र शुभचिन्तकहरु, जनप्रतिनिधिहरु सहितको र्याली वडा न २४ को कार्यालयबाट धाम निर्माणस्थल कास्कीकोट औलाकोथाममा पुगेको थियो। उक्त स्थानमा बिहिबार नै पुजा अर्चना गरि राधाकृष्णको मुर्ति स्थापना गरिएको छ । अब उक्त स्थानमा नियमित रुपमा पुजा अर्चना हुने जानकारी स्थानीय पुजारी समेत रहेका वृन्दावन धाम कास्कीका उपाध्यक्ष ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिएका छन्।

उक्त मुर्ति भारतको वृन्दावन धामबाट ल्याईएको र गत चैतमा वडाका वडाध्यक्ष भरतबहादुर अधिकारीलाई हस्तान्तरण गरिएको थियो। उक्त मुर्ति स्थापना गरिएको ठाउँमा अहिले मन्दिर निर्माण कार्य शुरु गरिएको छ। मन्दिर निर्माणको लागि पोखरा महानगरपालिकाले १० लाख रुपैया उपलब्ध गराउने भएको छ। यस अगाडीपनि पोखरा महानगरले धाम निर्माण स्थलको प्रारम्भिक बाताबरनिया प्रभाब मूल्यांकनको लागि करिब ५ लाख रुपैया खर्च गरिसकेको छ । बिहिबार आयोजित कार्यक्रम सम्पन्न गर्न स्थानीय व्यक्तित्व एबम समितिमा रहेकाहरुबाट आर्थिक संकलन समेत गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै स्वामी श्रीबास दासले वृन्दावन धाम निर्माणको लागि गठन गरिएको समितिमा योग्य व्यक्तिहरु रहेको भन्दै नेपाल बाट भारतको वृन्दावन धाम जान नपाएका दर्शनार्थीहरुको लागि र अन्य मुलुकबाट वृन्दावन धाम दर्शन गर्न चाहनेहरुको गन्तब्य नेपालको कास्कीकोट बनाउनको लागि यो अभियान शुरु गरिएको बताए। “कास्कीकोट क्षेत्र कश्यप ऋषिले तपस्या गरेको धार्मिक तथा एतिहासिक क्षेत्र भएकोले मात्र नभएर कास्कीकोट क्षेत्रको राजनीतिक र भौगोलिक महत्व अनि प्राकृतिक सुन्दरताका कारण पनि यो क्षेत्र धार्मिक एबम पर्यटकीय रुपमा बिकास गर्न सकिने प्रशस्त सम्भावना भएको क्षेत्र हो”। प्रमुख अतिथि स्वामी दासको भनाई थियो । उनले वृन्दावन निर्माणको लागि आफुले पुरा सहयोग गर्ने भन्दै द्विविधामा नरहन र सकेको सहयोग गर्न स्थानीय बासिन्दासंग आग्रह गरे।

नेपाल वृन्दावन धाम संस्थाका केन्द्रीय अध्यक्ष विश्वराज गौतमले अब आउने कृष्णजन्माष्टमीको दिनमा पचासौं हजार मान्छे कास्कीकोटमा आएर कृष्णजन्माष्टमी पर्ब मनाइने दाबी गरे । उनले अब वृन्दावन निर्माणको काम अगाडी बढेको बताउंदै राधाकृष्णको मुर्ति प्रतिष्ठापन भएपछी दर्शन गर्न भक्तजनको चाप बढ्ने बिश्वास ब्यक्त गरे।

गण्डकी प्रदेशका सांसद प्रकाश बरालले कास्कीको पुम्दिकोटमाम बिशाल शिब महादेवको मुर्ति स्थापना गर्दाजस्तै चुनौती वृन्दावन धाम निर्माणमा पनि आउनसक्ने बताउंदै विभिन्न चुनौती र समस्याको समाधानमा आफ्नो कर्म र भगवानको इछ्या समेतमा भर पर्ने बताए । उनले सबैको एकताले वृन्दावन धाम निर्माणमा गति लिने भएकोले कास्कीकोट क्षेत्रको विकास र समृद्धिको खातिर यसकिसिमका विकास आयोजना सम्पन्न गर्ने गरि राजनीति गर्नुपर्नेमा जोड दिए ।

नेपाल वृन्दावन धाम कास्कीका अध्यक्ष ओम सुबेदीले वृन्दावन धाम बनाउने योजना पोखरा महानगरको आफ्नो र प्रदेशको गौरबको योजना हुने बताउँदै दलगत राजनीति भन्दा माथि उठेर काममा लाग्न सबैसंग आग्रह गरे ।

पोखरा महानगरपालिका वडा न २४ का वडाध्यक्ष भरत बहादुर अधिकारीले बिगतमा केहि आशंकाहरु रहेपनी अब धाम निर्माण प्रक्रियाले गति लिने बिश्वास ब्यक्त गरे ।

 

 

७ बैशाख २०८१, शुक्रबार ०८:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा