पोखरा, लायन्स क्लब अफ पोखरा पिस टाउनको हालै सम्पन्न अधिबेशनले क्लबको अध्यक्षमा कान्ती पौडेललाई निर्वाचित गरेको छ। क्लबको शनिवार सम्पन्न ११ औं साधारण सभा तथा अधिबेशनले वर्ष २०२४/२५ का लागि अध्यक्षमा पौडेल सहित कार्यसमितिका अन्य पदमा पनि सर्वसम्मत निर्वाचित गरेको निर्वाचन संयोजक समेत रहेकी क्लबकी निवर्तमान अध्यक्ष सिता तिमिल्सिना सुवेदीले गुरुकुल खबरलाई जानकारी दिईन् ।
सर्वसम्मत निर्वाचित हुनेमा प्रथम/द्वितीय र तृतीया उपाध्यक्षमा क्रमशः बिनु गिरी, रेश्मा वैद्य र बसन्ती बास्तोला साथै सचिवमा कल्पना राउत, कोषाध्यक्षमा मिना थापा रहेका छन् ।
क्लबका अध्यक्ष केसी माया नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू सबिता बराल, सिता कोईराला, सरला तिमिल्सिना, शोभा पौडेल लगाएत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।
क्लबको निर्वाचन पश्चात आयोजित शुभकामना एवं बधाई कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगानाले क्लबले विगतका बर्षमा अन्य क्लब भन्दा उत्कृष्ट कार्य गर्दै आएको र आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्दै जाने बिश्वास ब्यक्त गरेका थिए । साधारण सभा तथा अधिबेशन कार्यक्रमको संचालन लायन बिनु गिरिले गरेकी थिईन ।
यसैगरी लायन्स क्लब अफ काठमाडौँ पिस वर्ल्डको हालै सम्पन्न अधिबेशनबाट वर्ष २०२४/२५ कार्यकालको लागि रामहरी श्रेष्ठ अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको छ ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा न्यू भिजनको पनि अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले वर्ष २०२४/२५ को लागि सुरेन्द्र बिश्वकर्मा अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको क्लबले जनाएको छ ।
यसैगरि लायन्स क्लब अफ पोखरा फर्निसिङले क्लबको हालै सम्पन्न तेश्रो साधारणसभा तथा अधिबेशनले वर्ष २०२४/२५ को लागि गोबिन्द शर्मा अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा माधव अधिकारी, दित्तीय उपाध्यक्षमा राजु कार्की र तृतीय उपाध्यक्षमा बिष्णु प्रसाद सुबेदी, सचिबमा केदार नाथ त्रिपाठी, कोषाध्यक्षमा शिवराज अधिकारी, सहसचिबमा शिवराम दाहाल र सह कोषाध्यक्षमा रंजनराज सुबेदी चयन भएका छन।
यसैगरि लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीको अधिबेशनबाट आगामी कार्यकाल अर्थात वर्ष २०२४/२५ को लागि गौतम आचार्य अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित गरेको क्लबले जनाएको छ ।