Play

चापाकोट सेवा समाजको स्थापना दिवसमा रक्तदान, ३९ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, कास्कीको तत्कालिन चापाकोट गाबिस र हाल पोखरा महानगरपालिका-२३ चापाकोटबाट पोखरामा आएर बिभिन्न पेशा र ब्यबसायमा संलग्नहरुको संस्था चापाकोट पोखरा सेवा समाज, कास्कीले आफ्नो  १७ औं स्थापना दिवसको अवसर परेर रक्तदान कार्यक्रमको आयोजना गर्यो।

पोखरा महानगरपालिकाको जिरो किलोमिटरमा बिहिबार बिहान आयोजित रक्तदानमा ३९ युनिट रगत संकलन गरिएको थियो। नेपाल रेड्क्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रक्तदान गर्नेहरुमा लक्ष्मण देबकोटा, प्रभा पराजुली, दान कुमारी नेपाली, तेजनारायण पराजुली, गंगाधर पराजुली, हरिराम देबकोटा, घनश्याम लामिछाने, रुद्र प्रसाद पराजुली, चिन्तामणि पराजुली, टीकाराम पराजुली, चन्द्बहादुर गुरुङ, इन्द्रप्रसाद पराजुली, सम्झना गुरुङ र अर्जुन सुबेदी रहेका छन्।

रक्तदान गर्ने अन्यमा पुकार राजभण्डारी, सनोत पहारी, गोबिन्द पराजुली, अन्जु पराजुली, शिब अधिकारी, कल्पना आचार्य, कृष्णमोहन पराजुली, संगीता अधिकारी, सम्झना श्रेष्ठ, शंकर पौडेल, मिनराज खड्का, राहुल पाइजा, सन्तोष पराजुली, गणेश मगर, रामराज पराजुली, चित्रबहादुर राउत, बाशुदेव ढकाल, बिक्रम थापामगर, शिब पराजुली, सुदीप शर्मा, आचार्य, आनिश कंडेल, रोशन भुजेल शिब कंडेल, शुशील पराजुली र रघुनाथ लामिछाने रहेका छन्।

रक्तदाताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज शर्मा र पोखरा महानगरपालिका-२३ का वडाध्यक्ष सहित संस्थाका सल्लाहकारहरु भेषराज पराजुली, पदमपाणी देबकोटा, गंगाधर पराजुली र हरीप्रसाद शर्मा, ८३ पटक सम्म रक्तदान गरेका लायन्स जीतेन्द्रमान शाक्य, संस्थाका उपाध्यक्ष क्या. मानकाजी गुरुङ, गण्डकी प्रादेशिक रक्तसंचार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवाली, गौमती थापा, भुमि पराजुली र तेजप्रसाद सुबेदी समेतले प्रमाणपत्र दिएका थिए।

त्यस अबसरमा बोल्दै प्रमुख अतिथि शर्माले रक्तसंचार सेवालाई प्रभाबकारी र स्तरीय बनाउन पोखरा क्षेत्रका आमसर्बसाधारण संगै गण्डकी प्रदेश सरकारको पनि महत्वपूर्ण सहयोग रहेको बताए। अब केहि महिनाभित्र पोखराको सिर्जनाचोक स्थित रेडक्रसको नया भवनबाट रक्तसंचार सम्बन्धि सेवा दिने तयारी भैरहेको बताउंदै उनले पोखराको रक्तसंचार सेवा देशभर नै उत्कृष्ट रहेको उल्लेख गरे।

अन्य स्थानमा बिरामीले रगत चाहिएमा पैसा तिर्नुपर्ने भएपनि पोखराबाट गण्डकी प्रदेशभरिका सबै स्वास्थसंस्थामा उपचार गर्दैगरेका स्वदेशी मात्र नभएर बिदेशीलाई समेत निशुल्क रगत उपलब्ध हुनेगरेको उनले बताए । यसको लागि गण्डकी प्रदेश सरकारले रक्तसंचार केन्द्रलाई सहयोग उपलब्ध गराएको अध्यक्ष शर्माले जानकारी गराए।

कार्यक्रममा पोखरा महानगर पालिका वडा न २३ का वडाध्यक्ष रामकाजी गुरुंगले समाजले विभिन्न सामाजिक र रचनात्मक काम गरेको भन्दै वडाको बिकाशका लागि हुने काममा वडाले सहकार्य गर्न तयार रहेको बताए।

रक्तसंचार केन्द्रका प्रमुख एबम बरिष्ठ स्वास्थ प्राबिधिक अर्जुन ज्ञवालीले पोखराको रक्तसंचार सेवाबाट उपलब्ध हुने रगतमा चार किसिमका रोगको परिक्षण हुनेगरेको कारण स्वस्थ रगतमात्र आपुर्ती हुनेगरेको स्पष्ट पारे।

चापाकोट पोखरा सेवा समाजका अध्यक्ष विश्वेश्वर पराजुलीले संस्थाले विभिन्न सामाजिक काम गर्ने क्रममा यसपटक स्थापना दिवसको अवसर परेर रक्तदान कार्यक्रम गरिएको बताए । संस्थाका कोशाध्यक्ष हरिराम पराजुली र सचिब दिपक पराजुलीले समेत संस्थाका विभिन्न गतिबिधिका बारेमा प्रकाश पारेका थिए ।

 

 

१५ चैत्र २०८०, बिहीबार १७:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा